युरोकपकाे अन्तिम १६ मा कुन टोलीले कोसँग खेल्दैछन ?

जनपत्र
१० असार २०७८, बिहीबार ०७:२२

काठमाण्डाै – युरोकप फुटबलमा अन्तिम १६ अर्थात् नकआउट चरणमा पुग्ने सबै टोलीको टुंगो लागेको छ । गएराति समूह चरणका सबै खेल सकिएसँगै अन्तिम १६ को टुंगो लागेको हो ।

अन्तिम १६ मा अब वेल्स र डेनमार्क, इटली र अष्ट्रिया, नेदरल्याण्ड्स र चेक रिपब्लिक, बेल्जियम र पोर्चुगल, स्पेन र क्रोएसिया, फ्रान्स र स्विट्जरल्याण्ड, इङ्ल्याण्ड र जर्मनी तथा स्वीडेन र युक्रेन खेल्नेछन् । अन्तिम १६ का खेल जुन २६ तारिख अर्थात आउँदो शनिबारदेखि सुरु हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*