मनहरी गाउँपालिकामा बिकास निर्माण, कृषि, पर्यटनका कामले तिब्रता पाएको छ–अध्यक्ष उप्रेती
हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा बिकास निर्माणका कामले तिब्रता पाएको छ । मनहरीका प्रत्यक वडामा पक्क्ी सडक, नाली निर्माणका काम धेरै भएका छन् । कृषि क्षेत्रमा पनि उत्तिकै काम भएका छन् ।
किसानलाई अनुदान दिने देखि लिएर आयआर्जनका काममा समेत गाउँपालिकाले सहयोग गरेको छ । मनहरीमा पर्यटकिय क्षेत्रको पनि बिकास गरिदै छ । आन्त्रिक पर्यटक भित्रयाउनका लागि काम गरिएको छ । यसै सेरोफेरोमा रहेर जनपत्रका प्रधान सम्पादक हरि हुमागाईंले मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीसंग गरिएको कुराकानी ।







