कोरोना नियन्त्रणका लागि तीन तहकै सरकार लागिपरेका छौं–मन्त्री बस्नेत

हेटौंडा । बागमती प्रदेशमा कोरोना भाइरस संक्रमणको नियन्त्रणका लागि सबै खालका प्रयास गरिएको छ । कोरोनाको दोस्रो लहर आएसंगै यसको नियन्त्रणका लागि प्रदेशको सामाजिक बिकास मन्त्रालय लागिपरेको छ ।
कोरोना नियन्त्रणको लागि जनचेतना जगाउने कामसंगै तीन तहकै सरकार र बिभीन्न सामाजिक संघसंस्था लागिपरेको सामाजिक बिकास मन्त्री सरस्वती बस्नेत वताउनुहुन्छ । प्रदेशका सातवटा जिल्ला अस्पतालहरुमा अक्सीजन जडानको लागि काम भइरहेको छ ।
प्रदेशका अस्पतालहरुमा उपचार गराइरहेका कोरोनाका बिरामीलाई अक्सिजन अभाब भएपछी अक्सिजन प्लन्ट निर्माणको काम भइरहेको हो । सात वटा अस्पतालमा अक्सिजन प्लान्ट निर्माण भएपछी यसको समस्या नहुने अपेक्षा गरिएको छ ।
अहिले भने अक्सिजनको समस्या समेत हटेको छ । कोरोना संक्रमणको संका लागेपछी पीसीआर गराँदा यसको रिपोर्ट प्राप्त हुन एक हप्ता सम्म लाग्ने भएकाले तत्काल रिपोर्ट नपाउँदा बिरामीले धेरै खालका समस्या बेहोर्नु परेकाले केही स्थानमा पीसीआर मेसिन समेत राखिने भएको छ । यसै सरोफेरोमा रहेर जनपत्रका प्रधान सम्पादक हरि हुमागाईले प्रदेशका सामाजिक बिकास मन्त्री सरस्वती बस्नेतसंग कुराकानी गर्नु भएको छ ।