प्रदेशको गृह मन्त्रालयलाई काम बिहीन बनाइयो–कार्यबाहक मुख्यमन्त्री जमरकट्टेल

प्रदेश २ लाई देखाएर सीडीयो र एसपी चलाउनै दिएन, प्रधानमन्त्री समक्ष जमरकट्टेलको गुनासै गुनासो ।
जनपत्र
१६ बैशाख २०७६, सोमबार ०६:२८

हेटौंडा । प्रदेश नम्बर –३ सरकारले आफुले पाउने अधिकार नपाएको भन्दै जिल्ला स्तर देखि प्रधानमन्त्री केपी ओली सम्मलाई आफ्ना समस्या प्रस्तुत गरेको छ । संबिधानमा उल्लेख गरेका काम पनि गर्न नपाएको भन्दै प्रदेश सरकारले गुनासो गर्दै आएको छ । अझै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश प्रहरी ऐन समेत बनाउन नपाएकोमा चिन्ता ब्यक्त गरेका छ ।
प्रदेश सरकार गठन भएको एक बर्ष बिती सक्दा पनि प्रदेश ३ ले राजधानी तोक्न र नामाकरण गर्न सकेको छैन । अबको आउँदो बर्षे अधिबेशनमा भने दुबै काम सकिने प्रदेश सरकारले जनाएको छ । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बस्ने अन्तर प्रदेश समन्वय परिषद बैठकमा पनि प्रदेशका अधिकारका कुरा निकै पेचिलो रुपमा उठ्दै आएको छ । यस पटक पनि त्यस्तै भयो । यसै सरोफेरोमा रहेर हाम्रा सहकर्मी हरि हुमागाईले प्रदेश ३ का कार्यबाहक मुख्यमन्त्री शालिकराम जमरकट्टेलाई बैठकमा आफ्ना अधिकारका माग के के राख्नुभयो भनी सोध्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*