श्रीकृष्ण र शिव रेग्मीको याद गर्दै निरुता

जनपत्र
२० जेष्ठ २०७८, बिहीबार ११:३२

१३ बर्ष अगाडि नेपाली चलचित्र क्षेत्र छाडेर मुम्बई हानिएकी नायिका निरुता सिंहले चलचित्र ‘दाल भात तरकारी’मा केही बर्ष अगाडि काम गरिन् । यो चलचित्रबाट उनको प्रशंसा भन्दा पनि आलोचना बढी भयो ।

यसपछि, चलचित्र क्षेत्रमा खासै सक्रिय नरहेकी नायिका निरुता सिंहलाई नेपाली चलचित्रको माया भने खुबै लाग्छ । गतबर्ष आयोजना भएको ‘नेफ्टा फिल्म अवार्ड’मा सहभागी हुन निरुता नेपाल आएकी थिइन् ।

उनै, निरुताले सामाजिक संजालमा चलचित्र ‘आफन्त’को छायांकनको समय संझिएकी छिन् । उनले लेखेकी छिन्–‘हिजो जस्तै लाग्छ चलचित्र आफन्तको छायांकन गरेको । तर, आज यो तस्वीर हेर्दा साह्रै दुख लाग्छ । यो तस्वीरमा देखिएका निर्देशक, कलाकार अनी प्राविधिक दाजु भाइहरुमध्ये कति जना आज हामीविच हुनुहुन्न । श्रीकृष्ण दाई, शिव रेग्मी दाई, अरु जती प्राविधिक दाजुभाइहरु सबैलाई हामी यो जीवनभरी माया अनी याद गरिरहनेछौं । तपाइहरुको कमी सधै भरी खड्की रहनेछ ।’

नायिका निरुता सिंह र नायक श्रीकृष्ण श्रेष्ठको जोडी नेपाली चलचित्रमा निकै रुचाइएको थियो । निरुता शिव रेग्मीको रोजाइकी नायिका थिइन् । तर, नेपाली चलचित्र क्षेत्रमा विकृती भित्रीएको भन्दै निरुताले चलचित्र क्षेत्र छाड्ने निर्णय गरिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*