‘प्रेमगीत ३’ को छायांकन सुरु हुनु अगावै प्रदर्शन मिति घोषणा

जनपत्र
१२ बैशाख २०७६, बिहीबार १३:४३

लभस्टोरी सिरिज ‘प्रेमगीत’ को तेस्रो पार्टको छायांकन सुरु हुनुभन्दा अगावै प्रदर्शन मिति घोषणा गरिएको छ । फिल्मको प्रदर्शन मिति यस वर्षको अन्तिम महिनाको अन्तिम हप्ता अर्थात् चैत २८ गतेलाई लक गरिएको छ । प्रदर्शन मितिसँगै निर्माण टिमले फस्टलुक पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरले फिल्म पिरियड ड्रामा रहेको प्रस्ट्याउँछ ।
दुई सिरिजको सफलतापछि निर्माता सन्तोष सेनले ‘प्रेमगीत ३’ निर्माण गर्न लागेका हुन् । यस फिल्मको दोस्रो सिरिजमा उनको पनि प्रमुख भूमिका थियो । तेस्रो पार्टमा भने उनी निर्देशकको रुपमा भित्रिएका छन् । अभिनय चाहिँ रहने/नरहने खुलाइएको छैन । उनीसँगै फिल्मलाई ‘डमरुको डण्डीबियो’ फेम्ड निर्देशक छेतन गुरुङले पनि निर्देशन गर्दैछन् । यसको कथा छेतनकै हो । ‘प्रेमगीत’ को पहिलो सिरिजबाट स्टारको रुपमा उदाएका प्रदीप खड्का फेरि प्रेमको भूमिकामा देखिँदैछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*