एटलेटिको मड्रिडको संघर्षपूर्ण जित

जनपत्र
३० बैशाख २०७८, बिहीबार ०७:००

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा लिग लिडर एट्लेटिको मड्रिडले रियल सोसिडाडमाथि संघर्षपूर्ण जित निकालेको छ। स्टेडियो वान्डा मेट्रोपोलिटानोमा सम्पन्न खेलमा घरेलु टोली सोसिडाडमाथि २(१ गोलअन्तरको संघर्षपूर्ण जित निकालेको हो।

खेलको १६ औं मिनेटमा यानिक करास्कोको गोलमा एट्लेटिकोले अग्रता बनाएको थियो। त्यस्तै २८ औं मिनेटमा लुइस स्वारेजको पासमा एञ्जेल कोरेराले गोल थप्दा पहिलो हाफमै एट्लेटिको दुई गोलले अघि रह्यो। उता सोडिडाडले दोस्रो हाफमा गोल फर्कायो। खेलको ८३ औं मिनेटमा इगोर जुबेल्डियाले गोलगर्दै सोसिडाडलाई खेलमा फर्काउन चाहेका थिए। तर त्यसपछि अर्को गोल थप्न नसक्दा सोसिडाडले अंक खोस्न सकेन।

जितसँगै शीर्षस्थानको एट्लेटिको उपाधि नजिक पुगेको छ। लिग लिडर एट्लेटिकोले ३६ खेलबाट ८० अंक जोडेको छ भने दोस्रो स्थानको बार्सिलोनाले समान खेलबाट ७६ र तेस्रो स्थानको रियल मड्रिडले ३५ खेलबाट ७५ अंक बनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*