हेटौंडा अस्पतालमा अक्सिजन र पीपीइको अभाब हुँदैछ–रजिष्टार प्रसाईं

जनपत्र
२९ बैशाख २०७८, बुधबार ०६:५२

हेटौंडा । मकवानपुरको एक मात्र सरकारी अस्पताल हेटौंडा अस्पतालमा कोरोनाका बिरामीले खचाखच भरिएका छन् । पहिलेदेखिनै अरु बिरामीका लागि तयार पारिएको आइसीयु, भेन्टिलेटर, एचडियु संगै पछी तयार पारिएको २० बेढको आइसीयुमा बिरामी भरिएका छन् । अस्पतालबाट कोरोनाका बिरामी थोरै मात्र डिस्चार्ज हुने र धेरै थपीने भएकाले झनै समस्या देखिन थालेको छ । कोरोना संक्रमितको उपचारमा दिनरात नभनीकन डाक्टरहरु खटिएका छन् ।

हेटौंडा अस्पतालमा अक्सिीजनको समस्या भने बढ्दै गएको छ । यहाँको अस्पतालमा बिरगन्ज, चितवन, नवलपरासीबाट अक्सिीजन ल्याउनुपर्ने हुँदा आउनका लागि समस्या हुने हो की भन्ने समस्या बढ्दै गएको मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिष्टार तथा हेटौंडा अस्पताल बिकास समितिका अध्यक्ष राजेश प्रसाई वताउनुहुन्छ । जहाँबाट हेटौंडामा अक्सिजन भित्रन्छ त्यही जिल्लामा कोरोनाका बिरामी धेरै हुँदा अक्सिजनको अभाब हुन सक्ने आकलन गरिएको छ ।

अस्पतालमा उपचार गर्न आउँदानै गम्भिर बिरामी आएकाले मृत्युहुने दर पनि बृद्धी भएको छ । कोरोनाका बिरामीले अक्सीजनको मात्रा ननाप्ने र सारै गारो भएपछी मात्र अस्पतालमा आउने हुनाले उनीहरुलाई बचाउनका लागि थप कठिन भएको उहाँ बताउनुहुन्छ । अहिले सम्म कोरोनाका बिरामीलाई धान्न सकेपनि पछी भने थप समस्या सृजना हुने अवस्था आएको छ ।

कोरोनाका बिरामी जाँच गर्दा अस्पतालमा दैनिक सरदर एक सय वटा पीपीइ खर्च हुने र अब तीन दिनका लागि मात्र पीपीइ स्टक रहेकाले उपचारमा थप समस्या हुने उहाँ वताउनुहुन्छ । बजारमा खरिद गर्नका लागि समस्या नभएको तर, सामान पाउनै मुस्कील हुने देखिएको उहाँ वताउनुहुन्छ ।

कोरोनाको दोस्रो लहर सुरु भएपछी हेटौंडा अस्पतालमा २० बेढको एचडीयु उपचार कक्ष स्थापना गरेर काम सुरु गरिएको छ । त्यसले पनि धान्न नसकेर अस्पतालको ओपीडी सेवा बन्द गरेर पहिले देखि सञ्चालनमा आएको भेन्टिलेटर, आइसीयु र एचडीयुमा पनि बिरामीलाई राखेर उपचार गरिदै आएको छ । यसैसरोफेरोमा रहेर जनपत्रका प्रधान सम्पादक हरि हुमागाईले प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईसंग कुराकानी गर्नुभएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*