बिकास निर्माणका कामै रोकेर हेटौंडामा कोरोना नियन्त्रणको काममा लागेका छौं–मेयर महत

जनपत्र
२७ बैशाख २०७८, सोमबार ०७:०३

हेटौंडा । मकवानपुर जिल्लाका दश वटा स्थानीय तह मध्यमा हेटौंडा उपमहानगरपालिका क्षेत्रमा कोरोना संक्रमित दिनहुँजसो बढेका छन् । बिशेषगरी साबिकका ११ वटा वडामा संक्रमण दरमा बृद्धी भएको हो । कोरोना नियन्त्रणको अभियान अनुसार उपमहानगरपालिकाले हेटौंडाको गोरक्षश्वरमा स्वाब संकलनको काम गरेको छ ।

त्यसैगरी हेटौंडाको गौरीटारमा डाक्टर सहितका स्वास्थ्यकर्मी खटाएर आइसोलेसन सञ्चालन गरिएको छ । आइसोलेसनमा अक्सीजन सहितको व्यवस्था गरिएको छ । कोरोना नियन्त्रण गर्नका लागि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको पूर्ण रुपमा पालना गराउनका लागि समेत लागिपरेको उपमहानगरपालिकाका मेयर हरि बहादुर महत वताउनुहुन्छ ।

कोरोना संक्रमित बिरामीलाई निशुल्क रुपमा अस्पताल वा आइसोलेसन सम्म पुर्याउनका लागि दुइवटा एमुलेन्सको व्यवस्था गरिएको मेयर महतले वताउनुभयो । कोरोना यिन्त्रणका लागि स्थानीय सरकारले गरेका प्रयासहरु के के छन् त ? यस्तै प्रश्नहरुको जवाफ दिदै हुनुहुन्छ हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*