नेकपाले टुंग्यायो ७७ जिल्लाका अध्यक्ष र सचिव, नेताहरूले गरे विरोध

काठमाडौँ– लामो समयदेखी अनिश्चित रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ को एकता प्रकृयाले बल्ला मुर्त रुप पाउन थालेको छ ।
नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ को सचिवालय बैठकले ७७ जिल्लामा अध्यक्ष र सचिवको टुंगो लगाएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लामा पार्टी नेतृत्वको टुंगो लगाएको हो । बैठकले केही दिनमै केन्द्रीय समिति सदस्यहरुको कार्यविभाजनको टुंगो लगाउने समेत निर्णय गरेको छ ।
पोलिटव्यूरो संरचना भने अर्को बैठकबाट गठन गर्ने तयारी गरिएको जनाइएको छ । जसमा केन्द्रीय सदस्यको एकतिहाई रहनेछ । बैठकले गरेका निर्णयहरु सोमबार सार्वजनिक गरिने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा अध्यक्षद्वय केपी ओलीसँगै पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलसहित सचिवालयका नेताहरु उपस्थित थिए ।
नेताहरूले गरे विरोध
‘नेकपा’ सचिवालयको बैठकमा तत्कालिन एमाले र माओवादीले कुनकुन जिल्लाको कुन पद पाए र को चयन भए भन्ने जानकारी दिइएन । बामदेव गौतम लगायतले नेताहरुले अध्यक्षद्वयसँग सूची मागेका थिए तर सिफारिसअनुसार भयो भन्दै दुवै अध्यक्ष पन्छिएका छन् ।