हेटौंडाको खानेपानी व्यवस्थापनको वर्तमान अवस्था

संजय न्यौपाने
९ चैत्र २०७७, सोमबार २०:५१

२२ मार्च विश्व पानी दिवस २०२१ को विषयवस्तु ूख्बगिष्लन ध्बतभचू पानी मुवान छ । पानीको मुल्य यसको महत्व भन्दा बढी छ । पानीले हाम्रो घरपरिवार, खाना, संस्कृति, स्वास्थ्य, शिक्षा, अर्थशास्त्र र हाम्रो प्राकृतिक वातावरणको अखण्डताको लागि ठूलो र जटिल मुल्य राख्छ । यदि हामीले यी कुनै पनि मानहरूलाई वेवास्ता ग¥यौं भने, हामी यो सिमित, अपरिवर्तनीय संसाधनको दुरुपयोग गर्ने जोखिम लिन्छौं । दिगो विकासको लक्ष्य (एसडीजी) उपलब्धी सन् २०३० सम्म सबैका लागि पानी र सरसफाइ सुनिश्चित गर्नु रहेको छ ।

यस बर्षको विषयवस्तु पानी मान्छेको लागि के हो, यो वास्तविक मुल्यवान बस्तु हो र हामी कसरी यस महत्तवपूर्ण संसाधनको सुरक्षा गर्न सक्छौं भन्ने बारेमा छ । आज, पानी बढ्दो जनसंख्या, कृषि र उद्योगको बढ्दो माग र जलवायु परिवर्तन बिग्रँदै गइरहेका असरबाट चरम खतरामा छ । समाजले पानीको स्रोत र मागलाई सन्तुलनमा राख्ने क्रममा धेरै व्यक्तिको रुचिलाई ध्यानमा राखेको छैन ।

पानी मुल्यवान छ भन्ने विष्यबस्तुलाई आत्मसाथ गर्दे सन् २०३० सम्ममा हेटौंडाको नगर क्षेत्र भित्र सबैको घर घरमा पानी र सरसफाईको सुनिश्चितता गर्न हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड, संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकार संग समन्वय गरी सहलगानीमा नगर क्षेत्र भित्र खानेपानीको व्यवस्थापन गर्न बोर्ड योजनाबद्ध ठंगले अगाडी बढाईरहेको छ ।

हाल यस खानेपानी व्यवस्थापन बोर्डबाट हेटौंडाको मुख्य बजार क्षेत्र दैनिक ३ समय (बिहान, दिउसो र साँझ) करिब १० हजार धाराहरुमा पानी वितरण गर्दे आइरहेको छ । हेटौंडा उपमहानगरपालिका अन्तर्गत ८ वटा वडाका सबै भु—भाग र वडा नं. १, १४, १५, १६, १७ र १९ का केही भु—भागहरुमा बसोबास गने करिब १ लाख ३५ हजार नगर बाँसीहरुलाई करिब २० हजार धाराहरु मार्फत दैनिक १ करोड ७० लाख लिटर पानी उत्पादन गर्दे सरदर ६ देखि ७ घण्टा वितरण गर्दे आइरहेको छ ।

हेटौंडा उपमहानगरपालिका विस्तार भए संगै थप भएका वडाहरुमा खानेपानीको पहुच पु¥याउनु पर्ने दायित्व बोर्डको रहेको छ । बोर्डले यस्लाई अवसर र चुनौतिको रुपमा स्वीकार्दै आएको छ । हाल बोर्डको सेवा नपुगेका वडा नं. ३, ११, १२, १३ र १८ गरी ५ वटा वडाहरुमा स्थानिय स्तरका खानेपानी उपभोक्ता समितिहरुबाट खानेपानीको व्यवस्थापन हुदै आइरहेको छ ।

बोर्डको सेवा क्षेत्र भित्र र बोर्डको सेवा क्षेत्र बाहेक नगर क्षेत्र भित्र बसोबास गर्ने नगर बासीहरुलाई सर्व सुलब रुपमा खानेपानीको सेवा उलब्ध गराउने क्रममा हाल स्थानिय सरकार, जिल्ला समन्वय समिति मकवानपुर, बाग्मती प्रदेश सरकार र संघिय सरकार संगको सहलगानीमा खानेपानी आयोजना संचालन हुदै आइरहेको छ ।

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डबाट चालु आ.व.को २०७७÷०७८ को दोस्रो चौमासिक अबधि सम्ममा बस्तीपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट संचालित खानेपानी आयोजना यस बोर्डमा हस्तान्तरण गरी लिने कार्य, कार्यालयको लागि आवश्यक पर्ने विभिन्न साइजको करिब ४१९०० मिटर पाइप वोलपत्रको माध्यमबाट खरिद कार्य, झिमफेदी गाउँपालिका वडा न. १ स्थित सामरीमा सुपारेटार व्यारेक देखि दक्षिण पश्चिम साइडमा नेपाली सेनाले उपलब्ध गराएको जग्गामा समवेल निर्माण गरिएको छ ।

उक्त समवेल निर्माण गर्न रु. १ करोड २५ लाख खर्च भएको छ । समवेल संचालन पश्चात दैनिक बजार क्षेत्रमा २७ लाख लिटर पानी थप गर्ने कार्य, हेटौंडा वडा नं. १४ नयाँबस्तीमा उपभोक्ताहरु संगको सहकार्यमा डि.आई पाइप लाइन विस्तार कार्य सम्पन्न गरेको छ भने बोर्डको सेवा क्षेत्र अन्तर्गत वडा नं. ७, ९, १४ र १५ मा विभिन्न संरचनाहरु निर्माण र मर्मत कार्यहरु, नगर क्षेत्रभित्र उपभोक्तहरु संगको सहकार्यमा मेन तथा शाखा पाइप लाइन विस्तार कार्यहरु, पाइप लाइन सुधार विस्तार तथा पुरानो जिण पाइप परिवर्तन कार्य, संस्थागत पुन संरचना अध्ययन तथा पदपुर्ति कार्य अन्तर्गत अन्य कार्य, सामाजिक उत्तर दायित्व अन्तर्गत हेटौंडा १० गोरक्षेश्वर मन्दिर राप्ती तटमा रहेको शवदाह स्थलमा खानेपानीको व्यवस्थापन गर्ने कार्य, जिल्ला समन्वय समिति मकवानपुर, हेटौंडा उपमहानगरपालिका र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको सहलगानीमा हेटौंडा वडा नं. १४ बनेलधापमा ३०० घ.मि.को पानी टंकी निर्माण लगायत पाइप लाइन विस्तार कार्य, बागमती प्रदेश सरकार, हेटौंडा उपमहानगरपालिका र हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड विचको सहलगानीमा नगरका विस्तारित वडाहरुमा खानेपानीको पूर्वाधार निर्माण अन्तर्गत टंकी निर्माण— हेटौंडा वडा नं. १२ आल्दमारमा २०० घ.मि., हेटौंडा वडा नं. १६ त्रिभुवन नगरमा ४०० घ.मि. डिप बोरिङ्ग निर्माण— हेटौंडा वडा नं. १३ ठुलोथली, सम्मवेल निर्माण— ४ गोटा (हेटौंडा वडा नं. ३ बसामाणीमा १ थान, हेटौंडा वडा नं. १२ पदमपोखरीमा २ थान, हेटौंडा वडा नं. १९ बस्तीपुरमा १ थान), अन्य ः विधुतिकरण तथा मेन तथा शाखा पाइप लाइन विस्तार कार्य हेटौंडा वडा नं. १८ हर्नामाडी लगायत अन्य वडाहरु कार्यहरु भई रहेको छ भने संघिर सरकार, हेटौंडा उपमहानगरपालिका र हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड विचको सहलगानीमा भई रहेको खानेपानीको पूर्वाधार निमाण कार्य अन्तर्गत टंकी निर्माण — हेटौंडा २ हरिकुञ्जमा ५०० घ.मि.को ग्राउण्ड टंकी, हेटौंडा ५ रुद्रेश्वरमा ५०० घ.मि. को ग्राउण्ड टंकी, हेटौंडा १० टि.सि.एनमा ४५० घ.मि.को ओभर हेड टंकी, हेटौंडा १५ मा ५०० घ.मि. को ग्राउण्ड टंकी, डिप ट्यूववेल निर्माण — हेटौंडा वडा नं. ७ नागस्वती, किरण चोक २ वटा, हेटौंडा वडा नं. ८ कमानेमा १ वटा र हेटौंडा वडा नंं १० टि.सि.एनमा १ वटा, पानी शुद्धिकरण — हेटौंडा ५ रुद्रेश्वर मन्दिर परिसरमा र अन्य — विद्युतीकरण तथा मेन तथा शाखा पाइप लाइन विस्तार कार्यहरु करिब ९०% निमाण कार्य सम्पन्न भई सकेको छ ।

चालु आ.व. २०७७÷०७८ को अन्त्य सम्ममा सेवा क्षेत्र भित्र १ थान डिप ट्यूववेल निर्माण कार्य, नगरक्षेत्र भित्र विभिन्न स्थानहरुमा पुनर भरण (रिचार्ज पोखरी) निर्माण कार्य, विभिन्न स्थानमा रहेको मुहानहरुको संरक्षण कार्य, खानेपानी गुणस्तर सम्बन्धि सचेतना कार्यक्रम संचालन, आवश्यकताको आधारमा अन्य सेवा अध्ययन तथा परामर्श सेवा (ल.ई., ड्रोइङ्ग, डिजाइन, सम्भाव्यता अध्ययन) लिने कार्य, कार्य सम्पादनलाई छरितो बनाउन, आवश्यक सामाग्रीहरु ओसार पसारलाई सहज बनाउन साथैे पुर्वाधार विकास तथा कार्य क्षेत्र विस्तार समेतका लागि सवारी साधन खरिद गर्ने, हेटौंडा उपमहानगरपालिका भित्र उपभोक्ता समिति मार्फत संचालित योजनाहरु बोर्डमा हस्तान्तरण भई आउन चाहेमा प्रोत्साहन गर्ने र उपमहानगरपालिका क्षेत्र भित्र क्रमश बोर्डको सेवा विस्तार कार्यलाई निरन्तरता दिने कार्य रहेको छ ।

अल्पकालिन सोचाई (आगामी ३ देखि ५ वर्ष भित्र)

वार्षिक रुपमा कम्तीमा १ थान डिप ट्यूववेल निर्माणको कार्यलाई निरन्तरता दिने, बोर्डको सेवा क्षेत्र बाहेकका वडाहरुमा खानेपानीको योजना संचालनको लागि आवश्यक डि.पि.आर तयार गरी क्रमश खानेपानीको सेवा विस्तार गरिनेछ, बोर्डबाट वितरण गरिने पानीको गुणस्तरमा क्रमश सुधार गर्दे लगिनेछ, उपमहानगरपालिका क्षेत्रमा विच्छ्याइएका धेरै पुराना पाइपहरु क्रमश परिवर्तन गर्ने र अन्य नयाँ पाइपलाईन विस्तारका योजनाहरु अगाडी बढाउने, बोर्डको सेवा क्षेत्र विस्तार गर्दै लगिने छ ।

दीर्घकालीन सोचाई (आगामी १५ वर्षभित्र) 

हाल बजार क्षेत्रमा विच्छाइएको पुरानो पाइप लाइनहरु क्रमश सुधार तथा नया पाइप लाइन विस्तार कार्य गरिनेछ, बोर्डको सेवा क्षेत्र भित्र १० देखी १२ घण्टा सफा स्वच्छ खानेपानी उत्पादन गरी वितरण गर्न आवश्यक गृहकार्य अगाडी बढाइने छ, हेटौंडा उपमहानगरपालिकाको सेवा क्षेत्र भित्रका सम्पूर्ण वडाहरुमा सफा स्वच्छ खानेपानी उत्पादन वितरण कार्य गर्नको लागि आवश्यक गृहकार्य अगाडी बढाइने रहेको छ ।

लेखक हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको लेखापाल हुनुहुन्छ ।

 

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*