बागमतीको कृषि मन्त्रालयका तीन वर्षः कृषि र पशु पालक किसानले प्राप्त गरेका उपलब्धी

जनपत्र
९ चैत्र २०७७, सोमबार ०७:४२

हेटौंडा । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय स्थापना भएदेखि हाल सम्म किसानले सबै भन्दा ठुलो उपलब्धी हात पारेका छन् । तीन वर्षको अवधिमा तरकारी, अन्नबाली, फलफूल खेती गर्ने किसानसंगै गाइ, भैसी, बाख्रा, कुखुरा, बंगुर पालक किसानले प्रतक्ष रुपमा लाभान्वीत भएका छन् ।

पहिले कृषि निर्वाहमुखीका रुपमा मात्र धेरै किसानले काम गर्ने गरेको भएपनि प्रदेश सरकारको अनुदानका कारण किसानहरु व्यावसायीक रुपमा खेती गर्नका लागि प्रोत्साहित भएका छन् । तीन वर्षको अवधिमा किसानलाई व्यावसायीककरण गर्नका लागि सहयोग गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामाले वताउनुभयो ।

परमपरागत तरिकाले खेतीपाती गर्ने, गोरुका माध्यमले खेत, बारी जोत्ने काम गर्दै आएका किसानलाई व्यावसायीककरण गर्नका लागि प्रबिधिको सहयोग गरिएको र उनीहरुको जीवनस्तरमा परिवर्तन आउँदै गरेको उहाँले जानकारी दिनुभयो । मन्त्रालय र मातहतका कार्यालयहरुले सामुहिक खेती गर्नका लागि किसानलाई प्रोत्साहित गर्दै आएको छ । सामुहिक खेती गर्ने किसानलाई प्रबिधिमा सहयोग गर्ने र किसानले उत्पादन गरेको सामाग्री बजार सम्म ल्याउनका लागि पनि सहयोग गरिदै आएको छ ।

सामुहिक खेती गर्दा उत्पादन गर्न लाग्ने खर्च किसानको थोरै लाग्ने र उत्पादन धेरै हुनेगरेकाले यस तर्फ प्रोत्साहित गर्नका लागि मन्त्रालय लागेको मन्त्री लामाले वताउनुभयो । हरेक किसानलाइ एक–एक जनालाइ सहयोग गर्न सरकारलाई सम्भब नभएकाले सामुहिक रुपमा काम गर्ने किसानलाई सहयोगका कार्यक्रम प्रदेश सरकारले ल्याएको हो । तत्काल अहिले साुमहिक खेती गर्नका लागि सम्भव नभएका स्थानमा पनि सरकारले सहयोगका कार्यक्रम ल्याएको छ । तर, प्रबिधिका माध्यमले काम गर्नका लागि सहयोग गरिएको उहाँले वताउनुभयो । २० हल गोरुले जोत्ने खेत एउटै ट्याक्टरले जोत्ने भएपछी किसानलाई प्रबिधिमा सहयोग गरिएको र किसानको लागत पनि कम भएको उहाँले वताउनुभयो ।

किसानका लागि प्रदेश सरकारले मात्र होइन । संघीय सरकार र स्थानीय सरकारले पनि उत्तिकै सहयोग गरेका छन् । कृषि र पशुपन्छी दुबै क्षेत्रमा गरिएका प्रयास राम्रा पनि छन् । प्रदेश सरकारले माछा पालनका लागि चितवन, मकवानपुर, सिंधुलीमा सहयोग गरेको छ । अरु क्षेत्रमा पनि माछापोखरी खन्नका लागि सहयोग गर्ने तयारीमा प्रदेश सरकार रहेको छ ।

माछा पालनको काम सामुहिक र व्यक्तिगत रुपमा गरेकालाई पनि सहयोग गरिएको मन्त्रालयले जनाएको छ । बितेको आर्थिक वर्षमा किसानले उत्पादन गरेको दुध प्रतिलिटर एक रुपैयाँका दरले वितरण गरिए पनि चालु आर्थिक वर्षमा भने प्रतिलिटर दुइ रुपैयाँका दरले दुधमा अनुदान दिने तयारी मन्त्रालयले गरेको छ । तत्काल कितरणको काम पनि सुरु गर्न लागिएको छ । यो रकम साना देखि ठुला सम्म सिधै किसानकहाँ रकम पुग्ने गरेको छ ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार वाग्मती प्रदेशको ४ स्थानसहित सिन्धुलीको दूधौली नगरपालिका, चितवनको माडी नगरपालिका, सिन्धुपाल्चोकको मेलम्ची र ईन्द्रावती गाउँपालिका तथा नुवाकोटको लिखु र पञ्चकन्या गाउँपालिकामा गरी ७ सय ८९ कृषक घरधुरीले एक हजार ७ सय ४४ बिघा जग्गामा सामूहिक चक्लाबन्दी गरी आधुनिक एवं यान्त्रिकीकरणको माध्ययमबाट अन्नबाली, तरकारीबाली, माछापालन, फलफूलखेती गर्दै आइरहेका छन ।

प्रदेशका २ सय ४७ वटा दुग्ध उत्पादक सहकारीमार्फत कृषककै खातामा जाने गरी गत वर्ष करिब आठ करोड ८८ लाख दूध उत्पादनमा अनुदान वितरण गरिएको छ । प्रत्येक जिल्लामा कम्तीमा एकएक वटा एकीकृत कृषि पर्यटन कार्यक्रम अनुरूप प्रदेशका विभिन्न जिल्लामा कृषि पर्यटन प्रवद्र्धनको लागि कालिज फार्म, स्थानीय कुखुरा फार्म, टर्की फार्म, कडकनाथ र उँटेभेडा(अल्पका) फार्म स्थापना भई सञ्चालनमा आएको छ ।

कृषि उत्पादनलाई उत्पादन स्थलदेखि बजारसम्म पु¥याउन पहुँच स्थापित गर्ने गरी कृषि सडक निर्माण गर्ने नीतिअनुरूप प्रदेशको १ सय ६७ स्थानमा करीब ५ सय ७२ किलोमिटर साना कृषि सडकको निर्माण तथा मर्मत भई कृषि उपजको बजारीकरणमा सहयोग पुगेको छ । प्रदेशभरमा ३७ वटा चिलिङ सेन्टर स्थापना भएको छ ।

चिलिङ सेन्टर स्थापनाबाट दैनिक ७२ हजार लिटर दूध चिस्यान भई दूधको गुणस्तरमा वृद्धि भएको तथा उपभोक्ता समक्ष स्वास्थ्यकर दूध उपलब्ध भएको मन्त्रालयले जनाएको छ । कृषिमा आत्मानिर्भर हुन तथा निर्यातयोग्य कृषि उपजको उत्पादकत्व वृद्धि गर्न कृषि फार्म स्थापना र सञ्चालन गर्न निजी क्षेत्र तथा सहकारी संस्थालाई प्रोत्साहन गर्ने नीतिअनुरूप रेन्बो ट्राउटको रेशवे निर्माण, ह्याचरी, दाना उद्योग र स्टोर घर सञ्चालन भएको छ । यसै सरोफोरोमा रहेर जनपत्रका प्रधान सम्पादक हरि हुमागाईले बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामासंग कुराकानी गर्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*