कुकर बम भनी डिस्पोज गर्न खाेज्दा बासी भात भेटिएपछि…

मोरङ । नेकपा विप्लव समूहले आह्वान गरेको नेपाल बन्दका दिन आज मोरङको सुन्दरहरैचा नगरपालिकामा नक्कली कुकर बम राखिएको फेला परेको छ । आज बिहान सुन्दरहरैचा नगरपालिका–७ बेलगाछीमा नक्कली कुकर बम फेला परेको हो ।
कुकर बम फेला पर्यो भनेर हल्ला चल्यो, स्थानीयबासीहरु त्रसित भए, पुर्व–पश्चिम राजमार्ग समेत केही समय अवरुद्द भयो । बम फेला परेको खबर पाएलगत्तै नेपाली सेनाको टोली उक्त स्थानमा आएर डिस्पोज गर्न खोज्दा बम भनिएको उक्त कुकरभित्र बासी भात भेटिएको छ । कुकुरभित्र बसी भातसँगै केहि बारुद पनि भेटिएको प्रहरीले जनाएको छ । कुकरमा भात भेटिएपछि डिस्पोज टोली नै छक्क पर्यो । उक्त बस्तु हटाइएपछि अवरुद्द राजमार्ग खुलेको छ ।