पोखरामा बम डिस्पोज गर्ने क्रममा विस्फोट, सैनिक अमलदार घाइते

जनपत्र
५ बैशाख २०७६, बिहीबार १२:२९

५ वैशाख, पोखरा । बम डिस्पोज गर्ने क्रममा विस्फोट हुँदा पोखरामा १ सैनिक जवान घाइते भएका छन् । पोखरा महानगरपालिका–३ स्थित प्रदेशसभा भवन नजिकै फेला परेको शंकास्पद वस्तु विस्फोट पार्ने क्रममा बिहीबार बिहान सैनिक अमलदार धर्म थापा घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय, कास्कीले नेपाली सेनाको बम डिस्पोजल टोलीका सदस्य बम निष्क्रिय पार्ने क्रममा विस्फोट हुँदा घाइते भएको जनाएको छ । घाइते थापालाई प्राथमिक उपचारपछि एम्बुलेन्समार्फत काठमाडौं ल्याउन लागिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*