हेटौंडा गोल्डकपमा मकवानपुर ११ को विजयी सुरुवात
हेटौंडा । मकवानपुरको हेटौंडामा आजबाट सुरु भएको स्थानीय तह शहीद स्मृति गोल्डकप प्रतियोगितामा मकवानपुर-११ ले विजयी सुरुवात गरेको छ ।
उद्घाटन खेलमा नवजनजागृती युवा क्लब सिमरालाई ४-१ गोल अन्तरले हराउँदै मकवानपुर-११ ले विजयी सुरुवात गरेको हो । मकवानपुरको लागि खेलको २८ औं मिनेटमा बिमल रानाले पहिलो गोल गरेका थिए । यसैगरि खेलको ३२ औं मिनेटमा सिमराका मोहित गुरुङ्गले गोल गर्दै खेललाई बराबरमा फर्काएका थिए ।
यसैगरि खेलको ५७ औं मिनेटमा रन्जन विष्ट,६६ औं मिनेटमा राना र ७७ मिनेटमा मकवानपुर–११ का अमिर श्रेष्ठले गोल गर्दै टोलिलाई ४–१ को जित दिलाए । खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्दै दुई गोल गरेका बिमल राना मगर म्यानअफ द म्याच घोषित भए । उनले नगद १० हजार प्राप्त गरेका छन् ।
गोल्डकपमा नेपाल आर्मि क्लब,नेपाल एपिएफ क्बल, नेपाल पुलिस क्लब, मच्छिन्द्र क्लब, संकटा क्लब, जावलाखेल युथ क्लब काठमाडौंसहित मकवानपुर–११, नव जनजार्गती युवा क्लब सिमरा, बागमती युवा क्लब सर्लाही सहित १० टिम सहभागि रहेका छन् ।
प्रतियोगिताको विजेता टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले ट्रफिसहित नगद ५ लाख प्राप्त गर्ने आयोजकले जनाएका छ । त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोउत्कृष्ट हुने खेलाडीले बुलेट बाईक,नगद ट्रफिसहित नगद ५० हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलमा एकजनालाई म्यान अफ दी म्याचबाट १० हजार पुरस्कृत गरिने भएको छ।






