‘यात्रा’ को ३ दिनको कमाई १ करोड ७५ लाख ग्रस

जनपत्र
२ बैशाख २०७६, सोमबार १६:४४

शुक्रवारबाट देशभर प्रदर्शनमा आएको युवा स्टार सलिनमान बनिया अभिनीत फिल्म ‘यात्रा’ ले प्रदर्शनको तीन दिनमा घरेलु बक्सअफिसमा राम्रो पैसा छाप्न सफल भएको छ । एकसाथ प्रदर्शनमा आएको अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘ए मेरो हजुर ३’ ले व्यापारमा ठूलो असर गरेता पनि फिल्मले तीन दिनमा डेढ करोडमाथि व्यापार गरेको निर्माता तथा वितरक शुशील पोखरेलले जानकारी दिएका छन् ।
प्रदर्शनको पहिलो दिन शुक्रवार राजधानीमा २५ लाख र मोफसल २० लाख व्यापार गरेको फिल्मले दोस्रो दिन आइतबार राजधानीमा ३० लाख र मोफसलमा २५ कमाउन सफल भएको छ । यस्तै, तेस्रो दिन आइतबार यस फिल्मले राजधानीमा ४० लाख छाप्दा मोफसलमा ५ लाख कम कमायो । अर्थात्, ३५ लाखको विजनेश गरेको निर्माता पोखरेलको भनाई छ । फिल्मको तीन दिने कमाई जोड्दा १ करोड ७५ लाख ग्रस हुन आउँछ ।
यो तीन करोडको आसपासमा निर्माण भएको फिल्म हो । यसले घरेलु बजारबाट लगानी उठाउन मात्र ९ करोडमाथि व्यापार गर्नुपर्ने छ । नेपालबाटै लगानी सुरक्षित गर्न यो फिल्मले बक्सअफिसमा अझै लामो यात्रा तय गर्नुपर्ने देखिन्छ । सोलो रिलिज पाएको भए फिल्मलाई लगानी उठाउन सम्भव हुन्थ्यो पनि होला । तर, साथमा अर्को ठूलो फिल्म रिलिज भएका कारण ‘यात्रा’ लाई लगानी उठाउन सहज देखिएको छैन ।
तर, निर्माता पोखरेलले ‘वर्ड अफ माउथ’ बलियो भएका कारण फिल्म बक्सअफिसमा लामो रेसको घोडा बन्ने विश्वास व्यक्त गरे । उनी भन्छन्, ‘दर्शकबाट राम्रो प्रतिक्रिया मिलेका कारण फिल्म लामो समयसम्म हलमा टिक्ने देखिन्छ । नेपालबाट आधउधी लगानी उठ्यो भने डिजिटल राइट्स र विदेश प्रदर्शनबाट करीब-करीब हामी सुरक्षित हुने अवस्था छ ।’ उनले सोमवार पनि फिल्मले देशभर राम्रो व्यापार गरेको बताएका छन् ।
सम्राट शाक्य निर्देशित फिल्ममा मलिका महत, सलोन बस्नेत, जान्हवी बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटा, राजाराम पौडेल, धिरेन शाक्य, नानीकाजी डंगोल, विन्दा खतिवडालगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । हिमाल केसीको द्वन्द्व रहेको फिल्ममा प्रविन सिंहको कोरियोग्राफी छ । केशव भट्टराई र चिज कुमार श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्मका कार्यकारी निर्माता सर्जुमान लिगल हुन् ।
फिल्मीखबरबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*