हेटौंडा गोल्डकप: आयोजक टोली र विएफसी भरतपुर सेमीफाइनलमा

जनपत्र
१८ माघ २०७७, आईतवार १९:३८

हेटौंडा – हेटौंडामा जारी विजय युथ हेटौंडा गोल्डकपमा आयोजक एफसी विजय युथ सेमीफाइनल प्रवेश गरेको छ । हेटौंडा स्थित वनविज्ञान अध्ययन संस्थान (फरेष्टी) को खेल मैदानमा भएको आइतबार दोस्रो खेलमा सर्लाही फुटबल संघलाई २–० गोलअन्तरले पराजित गर्दै आयोजक वियज युथ सेमीफाइनल प्रवेश गरेको हो ।

आयोजक टोलीलाई जित दिलाउनका लागि विदेशी खेलाडी साहिद र हिसुव थपलियाले एकएक गोल गरे । साहिदले खेलको छैठौँ मिनेटमा गोल गर्दै विजय युथलाई १–० को अग्रता दिलाए । त्यस्तै हिसुवले दोस्रो हाफको ७२ औँ मिनेटमा गोल गरेका हुन् ।

खेलमा उत्कृष्ट प्रर्दशन गरेका आयोजक टोलीका विसाल राना मगर ‘म्यान अफ द म्याच’ घोषित भए । उनले नगद पाँच हजार प्राप्त गरे ।

जितसंगै सेमिफाइनलमा प्रबेश गरेको आयोजक विजय युथले फाइन प्रवेशको लागि दुधौली स्पोर्टस क्लब, सिन्धुली र बागमती युवा क्लब, सर्लाहीबिच विजेतासंग भिड्ने छ ।

त्यस्तै आइतबार भएको पहिलो खेलमा सेन्ट्रल कलेज विएफसी भरतपुरले एफसी रियाले काठमाडौंलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

भरतपुरका लागि जोन क्लोरी तीन र रन्जित आले मगरले एक गोल गरेका थिए । काठमाडौंका लागि रजत तिवारीले एक गोल गरेका थिए ।

खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्दै तीन गोल गरेका जोन क्लारी म्यनअफ द म्याच घोषित भए । उनले नगद पाँच हजार प्राप्त गरे । भरतपुरले सेमिफाइनमा आफ्नै घरेलु टोली हर्दी युवा समाज राप्तीसंग भिड्ने छ ।

प्रतियोगितामा माघ १९ सोमबार (भोली) एक खेल हुँदैछ । दुधौली स्पोर्टस क्लब, सिन्धुली र बागमती युवा क्लब, सर्लाहीबिच हुने खेल दिउँसो २ बजेबाट शुरु हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*