विजय युथ हेटौडा गोल्डकप शुरु, उद्घाटन खेलमा भरतपुर विजयी
हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडामा पहिलो सस्करणको विजय युथ हेटौडा गोल्डकपमा सेन्ट्रल कलेज एफसी भरतपुर विजयी भएको छ ।
हेटौडाको वनविज्ञान संस्थान फरेष्ट्री क्याम्पसको खेलमैदानमा भएको उद्घाटन खेलमा भरतपुरले घरेलु टोली मकवानपुर–११ लाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
एफसी भरतपुरलाई जित दिलाउनका लागि जोना ग्लोरी र रञ्जित आले मगरले एकएक गोल गरेका थिए । मकवानपुरका ऋषि लामाले एक गोल फर्काएका थिए । सबै गोल खेलको पहिलो हाफमै भएको थियो ।
भरतपुरका ग्लोरीले खेल शुरु भएको ५ पाँचौं मिनेटमा गोल गर्दै अग्रता दिएका थिए । त्यो अग्रत धेरै बेर टिक्न पाएन । खेलको १२ औँ मिनेटमा मकवानपुरका लामाले गोल गर्दै खेल १–१ गोलेको बराबरीमा ल्याएका थिए ।
पहिलो हाफको अन्त्यतिर मगरले निर्णयक गोल गर्दै भरतपुरलाई २–१ गोल अन्तरले जित दिलाए । भरतपुरलाई निर्यायक गोल गर्दै जित दिलाएका मगर म्यान अफ द म्याच घोषित भए । उनले नगद ५ हजार हात पारे ।
उद्घाटन खेलमा जित निकालेको भरतपुर प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । भरतपुरले माघ १८ गते एफसी रियाले काठमाडौंको सामना गर्नेछ ।
प्रतियोगितामा माघ १७ गते शनिबार भोली दुई खेल हुनेछ । पहिलो खेल दिउँसो १ बजे बिरगंज युनाईटेड र हर्दि यवा समाजबिच हुनेछ भने दोस्रो खेल दिउँसो साढे २ बजे बिरगंज युथ एकेडेमी र दुधौली स्पोर्टस क्लब सिन्धुलीबीच हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन् भने उत्कृष्ट घोषित हुने गोलकिपर, रक्षक, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही ५ हजार रुपैयाँ प्राप्त गर्नेछ। प्रहरखवरबाट ।






