हेटौंडामा फागुन ५ गतेदेखि मेयरकप फुटबल प्रतियोगिता हुने
हेटौंडा । हेटौंडामा फागुन ५ गतेदेखि मेयरकप फुटबल प्रतियोगिता हुने भएको छ । आउँदो फागुन ५ गते देखि हेटौंडाको हुप्राचौरमा प्रतियोगिता हुन लागेको हो । आज उपमहानगरपालिकाका खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीको अध्यक्षतामा भएको बैठकले मेयरकप फुटबल प्रतियोगिता गर्ने निर्णय गरेको हो ।
खेल सञ्चालन गर्नका लागि नौ सदस्य समिति समेत आज चयन गरिएको छ ।
नगरखेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीको संयोजकत्वमा समिति चयन गरिएको हो । सदस्यहरुमा सुनिल लोप्चन, सुदिप राजबाहक, युनाल मल्ल, प्रितम खड्गी, सुनिल खड्गी, सुवास विडारी र सुपेन्द्र कार्कीलाई चयन गरिएको छ ।
त्यसैगरी आजैको बैठकले उपमेयर मिना कुमारी लामा प्रमुख सल्लाहकार रहेको ७ सदस्य सल्लाहकार समिति गठन गरेको हो । सल्लाहकारहरुमा प्रताप विष्ठ, हरि हुमागाई, हेटौंडा ४ का वडा अध्यक्ष नविन सिग्देल, सानु लामा, भीम तिमल्सीना, टिका लामा, रुपक महत चयन हुनु भएको छ ।






