हेटौंडामा भेट्रान्स कप एट ए साइड फुटबलको छैंटौ संस्करण सुरु
हेटौंडा । भेट्रान्स कप एट ए साइड फुटबल खेलको छैंटौ संस्करण आज देखी सुरु भएको छ । खेलको हेटौडा उपमहानगरपालीकाकामेयर हरिबहादुर महतले उदघाटन गर्नु भएको छ । उदघाटन गर्दै मेयर महतले खेल क्षेत्र चलयमानगर्न भेट्रान्स कलबले गरेका गत्तिबिधिले ठुलो भुमिका निर्बाह हुने बताउनु भयो । उपमहानगरपालीकाको तर्फबाट भेट्रान्स कलबले आयोजना गर्ने प्रतियोगीतामा सधै सहयोग हुने समेत उहाँले बताउनु भयो ।
कल्बका उपाध्यक्ष नबराज बज्रचार्यको सभाअध्यक्षतामा भएको उदघाटनमा स्वागतमन्तब्य राख्दै कार्यक्रम संयोजक कबिन साँगामीले प्रतियोगिताको १० गते फाईनल खेल हुने बताउनुभयो । खेल क्षेत्रलाई चलयमान बनाउन प्रतियोगीताआयोजना गरेको उनको भनाई छ । यो वर्ष २० वटा टिमले प्रतियोगीतामा सहभागीताजनाएको समेत उनले बताउनुभयो ।
प्रतियोगीताको पहिलो खेल आज आयोजक हेटौंडा भेन्ट्रान्स र कोल्वी भेन्ट्रान्स बीचभएको थियो । खेलमा हेटौंडा भेन्ट्रान्सले कोल्वी भेन्ट्रान्सलाई ६— १ गोलको अन्तरले पराजित गरेको छ । कोल्बीको तर्फबाट परदेशी चौधरीले सान्तवनागोल गरेका थिएभने हेटौडा भेन्ट्रान्सको तर्फबाट कृष्ण मालाकारले ४ गोल बालकुमार गुरुग र निमालामाले १ — १गोल गरेका थिए ।यो खेलको म्यानअफदम्याच कृष्ण मालाकार घोषित भएकाथिए । खेल २० —२० मिनेट गरी ४० मिनेट खेलाईएको थियो ।
यस्तै आजको दोस्रो खेलमा पशुपत्ति भेट्रान्स हेटौडा लाई डिल्लि बजार भेट्रान्स काठमाण्डौले १–० गोलले पराजित गरेको छ । डिल्लिबजारका लागी उज्वल श्रेष्ठले गोल गरेको थिए जुन जितका लागी निर्णायक बन्यो । उक्त खेलको म्यान अफ द म्याच पनि उज्ज्वल श्रेष्ठ नै घोषित भएका छन ।
त्यस्तै आजको तेस्रो खेलमा जोरपाटि भेट्रान्सले चितवन भेट्रान्सलाई १–० गोल अन्तरले पराजित गरेको छ ।जोरपाटिका लागी एकमात्र गोल दिपक लामाले गरेका थिए। प्रतियोगिताको म्यान अफ द म्याच जोरपाटिका दिपक लामा भएका छन ।
आजको चौथो तथा अन्तिम खेलमा फुटसल भेट्रान्स हेटौडाले र बीरगञ्ज युथ एकेडेमी लाई १–० गोलले पराजित गरेको छ ।
फुटसल हेटौंडाका लागी सन्तोष श्रेष्ठले एकमात्रै निर्णायक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच वीरगन्ज युथका रितु शाक्य भएका छन । छैटौ संस्करणको प्रतियोगिताको विजेताले प्रमाण पत्र, शिल्ड र नगद १ लाख १ हजार १ सय ११ रुपैया, उपविजेताले नगद ५१ हजार १ सय ११ रुपैया प्राप्त गर्ने छन ।






