प्रधानमन्त्री कप क्रिकेटमा आज एपीएफ र प्रदेश १ खेल्दै
काठमाण्डाै – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सशस्त्र प्रहरीको विभागीय क्लब एपीएफ र प्रदेश नम्बर एक बीचको खेल हुने छ ।
हिजो भएको पहिलो खेलमा नेपाली सेनाको विभागीय क्लब त्रिभुवन आर्मीले गण्डकी प्रदेशलाई ९८ रनले हराएको छ ।