भाइबहिनीहरू, सफलताको भोकमा जिन्दगीको मज्जा लिन नबिर्सनू

जनपत्र
२२ बैशाख २०८१, शनिबार १३:५२

सिंगो पोखरा नै मलाई मन परेर यसैलाई कर्मभूमि बनाएँ । पोखराको मोहनीमा लट्ठिएर कति बेला २० वर्ष बितेछ, पत्तै भएन । पोखरामा पनि बगर, नदीपुर, टुँडिखेल, विन्ध्यवासिनीको सेरोफेरो झनै प्यारो ।

नदीपुर, जहाँ म सुरुमा डेरा लिएर बसेको थिएँ । त्यहाँ एउटा सामान्य चियापसलमा म चिया पिउँदै भविष्यको योजना बुन्थें । गुल्मीबाट पोखराको बाटो समातेर आइपुगे पनि जिन्दगीले सोझो बाटो समातिसकेको थिएन । चौबाटोमा थिएँ म । त्यतिबेला जे सोच्थें, जे योजना बुन्थें, अहिले सम्झँदा पनि मनमनै मुस्कुराउँछु । ती योजना कुनै राजाले कतै आक्रमण गर्न जानुअघिको तयारी जत्तिकै गम्भीर र भव्य लाथ्यो ।

ती स्मृतिमा पौडिंदा अहिले पनि उही उमेर पुग्छु । मेरा सपना, अठोट, चाहना सबै मेरो उमेर जस्तै नादान थिए । अचेल पनि कहिलेकाहीं विना प्रयोजन म नदीपुरतिर पुग्छु । पुरानो आफूलाई खोज्छु र काहुँडाँडा हेर्दै चिया पिउँछु । त्यहाँ अहिले पनि त्यो बेलाको मेरो उमेरकै पुस्ता जम्मा हुँदोरहेछ, उसैगरी गफिंदो रहेछ । जिन्दगीकै योजना बुन्दोरहेछ । ती स्वाभाविक छलफलमा मैले केही अस्वाभाविक कुराहरू महसुस गरें । साँच्चै अहिलेको पुस्ताले वा अहिलेको जमानाले मान्ने सफलताका सूचकहरू के वास्तवमै हाम्रो जीवनलाई सफल बनाउने कुराहरू हुन् ?

फेरि मलाई याद आयो, पोहोर दशैंमा गाउँ जाँदा स्कुलको पुनर्मिलन कार्यक्रममा सफल विद्यार्थी भनेर एकजना सरले नयाँ पुस्ताका विद्यार्थीमाझ मलाई चिनाउनुभयो । तर मलाई त्यो सफल विद्यार्थीको ट्यागले टाउको भारी बनायो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*