मकवानपुरका कराते खेलाडीको विदाइ

जनपत्र
२८ मंसिर २०७७, आईतवार १७:५४

हेटौंडा । रौतहटको चन्दनिगाहापुर नगरपालिकामा भोली देखि सुरु हुने उपमेयरकप खेलकुद प्रतियोगितामा मकवानपुरका कराते खेलाडी त्यसतर्फ प्रस्थान गरेका छन् । २५ देखि ६५ केजी तौल समुहका कराते खेलाडीलाई हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले खादा र टिका लगाएर विदायी गर्नुभयो ।

भोली देखि दुइदिन सम्म चल्ने कराते खेलमा गएका खेलाडीहरुका लागि उपमहानगरपालिकाले ट्रयाकसुट वितरण गरेको छ । खेलाडीहरुको प्रोत्साहनका लागि हरेक तवरले सहयोग गरिने मेयर महतले वताउनुभयो । चपुरमा हुने खेलबाट विजयी भएर आउन मेयर महतले अग्रिम बधाइ समेत दिनुभयो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नबराज घिमीरे, हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*