हेटौंडामा तेक्वान्दो प्रथम, दोस्रो र तेस्रो डान ग्रेडिङ्ग कार्यक्रम
हेटौंडा । मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिको आयोजनामा प्रथम, दोस्रो र तेस्रो डान ग्रेडिङ्ग कार्यक्रम आज हेटौंडामा भएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै मेयर महतले आफुले हेटौंडाको खेल क्षेत्रलाई पथमिकता दिएर काम गरेको वताउनुभयो । सम्पुर्ण खेल क्षेत्रको विकासका लागि स्थानीय सरकारले सहयोग गर्दै आएको र अवका दिनमा पनि गरिने वताउनुभयो ।
खेल क्षेत्रमा हेटौंडाका वडा वडामा विकास गरिदै लगिएको स्मरण गराउँदै उहाँले खेलकुदका पूर्वाधारका काम संगै खेलकुदका प्रतियोगिता पनि गरिदै लगिएको वताउनुभयो ।






