बिहेपछि के परिवर्तन आएको छ नेहाको जीवनमा ?

जनपत्र
९ मंसिर २०७७, मंगलवार ०६:२५

भारतीय गायिका नेहा कक्कडले विवाह गरेको धेरै भएको छैन । अब उनी भारतीय रियालिटी सो इन्डियन आइडलमा देखिँदै छिन् । केही दिनअघि मात्र इन्डियन आइडल कार्यक्रमको प्रेस कन्फ्रेन्समा उनले विवाहबारे पनि बोलेकी छन् । रोहनप्रितसँग विवाह गरेकी नेहाले पहिले पनि आफ्नो जीवन सुन्दर भएको र विवाहपछि झन् सुन्दर भएका् बताएकी छिन् ।

‘​​रोहनप्रित निकै राम्रा पार्टनर हुन्,’ उनले भनेको कुरालाई भारतीय मिडियाले प्राथमिकता दिएका छन्, ‘उनीसँग म निकै खुसी छु ।’ यो जोडी केही दिनअघि मात्रै हनिमुनका लागि दुबई पुगेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*