मृतक परिवारलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने नेकपाको माग

जनपत्र
१८ चैत्र २०७५, सोमबार ११:०५

बारा – भीषण हावाहुरीका कारण बारा र पर्सामा ठूलो मनाविय क्षति भएपछि नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं. २ को कमिटीले क्षतिपूर्ति माग गरेको छ। उक्त कमिटीले एक प्रेस बक्तब्य जारी गर्दै मृतक परिवारलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने मागसहित चारवाट माग अघि सारेको छ।

क्षतिपूर्तिसहित घाइतेहरुलाई निशुल्क उपचार, घरवार विहीनलाई घर निर्माण र क्षति अनुसार किसानलाई तुरन्त राहत दिनुपर्ने उक्त कमिटीले माग गरको छ। साथै कमिटीले मृतक परिवारप्रति संवेदना प्रकट गरेको छ।

हवाहुरीले   बारा र पर्सामा करोडौँको भौतिक क्षति भएको प्रहरीको भनाई छ। घटनास्थलामा नेपाल  प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहित आफन्तहरुे उद्धार कार्यमा जुटेका छन्। प्रहरीले दिएको जानकारी अनुसार अहिले सम्म बारा र पर्सा २८ जनाको मृत्यु भएको छ। हावाहुरीले घरको छानो भत्काउदा घरपालुवा जनावरहरु समेत मरेका छन।

त्यस्तै बिभिन्न स्थानमा बिजुलीका पोलहरु ढलेपछि गए राति देखीनै बारा र पर्सामाको विद्युत् आपूर्ति समेत बन्द भएको छ। अधिकांश ठाउँमा मोबाइल र ल्याण्डलाइन सेवा समेत अवरुद्ध छन् । ठाउँठाउँमा रुख ढलेपछि केही ठाउँको सडकमा यातायात आवागमन पनि अवरुद्ध भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*