बारा र पर्सामा ट्रकनै पल्टाउने हावाहुरी,ज्यान गुमाउनेको संख्या ३१ पुग्यो

जनपत्र
१८ चैत्र २०७५, सोमबार ०९:५२

बारा,चैत १८-आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बारा र पर्सामा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । ५ सय भन्दा बढी घाइते छन् । हावाहुरीले बारामा मात्रै २७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । ठूलो हताहती भएकाले मृतकहरुको पहिचान हुन सकेको छैन ।

Image may contain: 3 people

तस्बिर आपन बिरगन्जको फेसबुक

घाइतेको संख्या बढेपछि अस्पताल भरिएको र उपचारमा कठिनाइ भएको सरकारी अधिकारीहरुले जनाएका छन् । बिरामीको चापले रगतसमेत अभाव भएको छ ।

Image may contain: 1 person, sitting

तस्बिर आपन बिरगन्जको फेसबुक

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*