प्रदेश सभाको बैठकमा बिभिन्न मन्त्रालयद्धारा बिधेयक पेस

हेटौडा । प्रदेश नम्बर –३ को प्रदेश सभा बैठकमा यस अघि मन्त्रीपरिषदको बैठकले पारित गरेका बिषयहरु पेस भएका छन् । यस प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हिउँदे अधिबेशनको शुभकामना ब्यक्त गर्दै मुख्यन्यायधिबक्ताको बार्षिक प्रतिबेदन सभामा प्रस्तुत गर्नुभयो ।
त्यसैगरी यस प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले प्रदेश भित्रको राष्ट्रिय वनको संरक्षण र सुब्यबस्था गर्न बनेको बिधेयक २०७५ माथी दफावार छलफलको लागि समितिमा पठाउनुभएको छ । उहाँलेनै प्रदेश भित्र औद्योगिक ब्यावसाय स्थापना तथा सञ्चालन गर्न बनेको बिधेयकको दफावार छलफलका लागि समितिमा पठाउनुभएको छ ।
भ्ूामि व्यावस्था कृषी तथा सहकारी मन्त्री दावा दोर्जे लामाले प्रदेश सहकारी सम्बन्धमा व्यावस्था गर्न बनेको बिधेयक माथी दफावार छलफलका लागि समितिमा पठाउनुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुबिधा ऐन, २०७५ लाई संसोधन गर्न बनेको बिधेयक प्रस्तुत गर्नुभएको छ । त्यसैगरी उहाँले प्रदेश स्तरका बेही सार्वजनिक लिखित प्रमाणिकरण ऐन २०७४ लाई संशोधन गर्न बनेको बिधयक सभामा प्रस्तुत गर्नुभएको थियो ।
आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले कर तथा गैरकर राजस्व सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको बिधेयक सभामा प्रस्तुत गर्नुभयो । यस प्रदेशका सामाजिक बिकास मन्त्री युवराज दुलालले प्रदेश बालबालिकाको अधिकार सम्बन्धमा व्यावस्था गर्न बनेको बिधेयक सभामा प्रस्तुत गर्नुभयो । प्रदेश सभा बैठक ३५ दिनपछी आज बसेकाले धेरै प्रदेस सभाका सदस्यहरुको उपस्थिती रहेको थियो । प्रदेश सभा बैठक भोलीसम्मका लागि सभामुख सानुकुमार श्रेष्ठले स्थगित गर्नुभएको छ ।