नेपालमा कोरोना सङ्क्रमितको संख्या एक लाख ९० हजार नाघ्याे

जनपत्र
२२ कार्तिक २०७७, शनिबार १७:२९

काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमितको संख्या एक लाख ९० हजार नाघेको छ ।

गएको २४ घण्टामा दुई हजार सात सय ५३ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको संख्या एक लाख ९१ हजार छ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा दुई हजार दुई सय छ जना कोरोना सङ्क्रमित निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या एक लाख ५५ हजार एक सय १४ पुगेको छ । अब नेपालमा ३५ हजार चार सय ३५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै गएको २४ घण्टामा १७ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार ८७ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*