फ्रान्सबाट फेरि भारत आइपुगे ३ वटा राफेल विमान

जनपत्र
२० कार्तिक २०७७, बिहीबार ०६:५४

चीनसँगको तनावकै बीच फेरि ३ वटा राफेल विमान भारत आइपुगेका छन् । फ्रान्सबाट बुधबार ३ वटा राफेल विमान सिधै भारत आइपुगेका हुन् । अघिल्ल्लो पटक जुलाई २९ मा राफेल विमान भारत भित्रिएका थिए । ती विमान १० सेप्टम्बरमा भारतीय वायु सेनामा सामेल गरिएका थिए । दोश्रो पटक आएका राफेल विमान फ्रान्सबाट सिधै भारतको गुजरातस्थित जामनगर एयरबेसमा अवतरण गरिएका छन् ।

दोश्रो पटक राफेल भित्रिएलगत्तै भारतीय रक्षामन्त्री राजनाथसिंहले वायु सेनाको नेतृत्व र सदस्यहरुलाई बधाई दिएका छन् । भारतले फ्रान्ससँग ३६ वटा राफेल विमान खरिद गर्नका लागि ५९ हजार करोडको सम्झौतामा हस्ताक्षर गरेको छ । भारतीय वायु सेना प्रमुख आरकेएस भदौरियाका अनुसार सम्झौता अन्तर्गत भारत आउने सबै राफेल विमान सन् २०२३ सम्ममा वायुसेनामा सामेल हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*