दिनमा तीनवटा भिडियो गर्दैछु

जनपत्र
१३ चैत्र २०७५, बुधबार १२:३२

तपाईंको नृत्यबिना तीज गीतका भिडियो नै बन्दैनन् भनिन्छ नि ?
त्यस्तो त होइन । मैले लोकदोहोरी तथा तीजका गीतमा नृत्य गर्न थालेको केही वर्ष मात्र भएको छ । रमाइलो कुराचाहिं के हो भने म अहिले दिनमा तीनवटा भिडियोको छायांकनमा व्यस्त छु । अघिल्लो वर्ष २८ वटा भिडियोमा नृत्य गरेकी थिएँ, यसपटक आइतबारसम्ममा २६ वटा भिडियोमा काम गरें, अझै १० वटाजतिमा काम गर्दैछु ।
रश्मिको नृत्यमा त्यस्तो के जादु छ, जसले लगातार एवार्डसमेत जिताइरहेको छ ?
मैले पछिल्ला दुई वर्षयता वितरण भएका विभिन्न एवार्ड समारोहमा म्युजिक भिडियोको सर्वोत्कृष्ट मोडलको विधाका ६ वटा एवार्ड जितिसकेकी छु । मेरो नृत्यमा नयाँपन भएकैले एवार्ड पाइरहेकी हुँ कि जस्तो लाग्छ ।
तीजपछि के गर्नुहुन्छ ?
तीजपछि दसैं–तिहार आउँछ । चाडपर्व विशेष गीतका म्युजिक भिडियोमा धेरैले मलाई नै सम्झनुहुन्छ । त्यसका साथै देश–विदेशका सांस्कृतिक कार्यक्रमहरूमा पनि उत्तिकै सक्रिय हुन्छु । म नृत्य गरेरै वर्षैभरि व्यस्त छु ।
साप्ताहिकबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*