अन्तराष्ट्रिय ग्रामीण महिला दिवसः गाउँका महिलाहरुको दुःख जस्ताको तेस्तै

भगवती पुडासैनी
२९ आश्विन २०७७, बिहीबार ०७:०१

आज अन्तराष्ट्रिय ग्रामीण महिला दिवस । अरु वर्ष जस्तो यसवर्ष वृहत कार्यक्रम गर्न नमिले पनि यसै गरी सम्झन र वहस छलफल गर्न सकिन्छ । महिला सशक्तिकरणका लागी भैरहेका विभिन्न प्रयासहरु आन्दोलन र अभियानको बल मार्फत घरपरिवारमा सिमीत महिलाहरुलाइ समाजको महत्वपुर्ण भुमिका निभाउन सक्ने पिवत्र भावनाका साथ संयुक्तराष्ट्र संघको आह्वानमा सन १८ डिसेम्बर २००७ यो दिवस मनाउने निर्णय भयो । त्यस अनुसार १५ अक्टोबर २००८ देखि विश्वव्यापीरुपमा यो दिवस मनाउन शुरु गरीएको हो ।

दिगो विकासका लागी आर्थिक, सामाजिक र वातावरणीय परिवर्तनमा ग्रामीण महिलाहरुनै मुख्य प्रतिनीधि हुन । ग्रामीण समुदायका महिलाहरुले २४ घण्टामा १८ घण्टा दैनिक विना स्वार्थ, विना सर्त घरव्यावहारलाई समय दिएका हुन्छन । घरव्यावहार ,कृषि र पशु पालनमा प्रयाप्त समय दिने महिलाहरुले परिवार,समाज र राष्ट्रकै आर्थिक वृद्विमा ठुलो भुमिका निर्वाह गरेका छन । चहाडपर्व रितीरिवाज ईष्टमित्र सबैलाई व्यवस्थापन गर्ने मान्ने मनाउँने र समाज सुधारका सबै कार्यमा ग्रामीण महिलाको उल्लेख्य भुमिका हुने भएकोले सामाजिक रुपमा अर्थात सामाजिक विकासमा पनि ग्रामीण महिलाहरु महत्वपुर्ण भुमिका छ ।

यस्तै वातावरणीय पक्षमा घर गाउँ, धारा पधेरा, करेसाबारी देखी सफा र स्वच्छ राख्दै परिवारलाई बनाई तुल्याई खुवाउने बन जंगल घाँस दाउरामा सधैं घर जगल गर्ने अग्रणी भुमिकामा महिला नै हुने हुदा बन वातावरण देखी गाउँ घर र भान्सा सम्मको वातावरणीय स्वच्छतामा ग्रामीण महिलाहरुको प्रमुख भुमिका छ । २४ घण्टामा १८ घण्टा विना सर्त खट्ने यी महिलाहरुको यस्ता घरेलु कामको कुनै मुल्याङ्कन नै छैन । न राज्यलेआय वृद्विमा ग्रामिण महिलाका भुमिकाको गणना गर्छ न परिवारले नै गर्छ घरपरिवार ,समज र राष्ट्रकै विकासका प्रमुख पहरेदार ग्रामीण महिला । यस अर्थले सयुक्त राष्ट्रसंघले ग्रामीण महिला दिवस मनाउने स्पेसल दिनको निर्णय गरेको हुनसक्छ ।

नेपालमा पनि वि स २०७० साल देखी यो दिवस मनाउँन शुरु गरिएको हो । दिगो विकासकालागी ग्रामीण महिला सशक्ति करणमा राज्यले योजना तय गरेर लाग्न सकेमात्र टेवा पुग्ने देखिन्छ । आर्थि,सामाजिक,वातावरणीय, शिक्षा र स्वास्थ जस्ता प्रमुख मुद्वाहरुमा महिलाको क्षमता विकास गर्दै उनिहरुलाई अवसरको सृजना गरिनु पर्छ । याहाँ घरव्यावहार र कृषिमा बढी समय दिने महिला यिनिहरुको नाम न घरमुली भनेर चिनिन्छ न कृषक नै न त सम्पतीमा पहुँच छ न निर्णयमा अधिकार छ । घरमा मुख हुदा हुदै नाकले बोलेको सुहाँउदैन भन्छन समाजमा गन्दै गन्दैनन् । जब सम्म यस्ता संघर्षशिल महिलाहरुलाई राज्यले लैङ्गिक मुलधारमा ल्यायर सहकार्य सहअस्तीत्वका साथ लान सक्दैन तब सम्म विकासको मुलधार अपाङ्ग हुनेछ ।

ग्रामीण महिलाहरुलाई घरको काम बाहेक आयआर्जनमा लगाई गरिवी न्युनिकरणमा टेवा पु(याउँनु ,समाज विकास र नेतृत्व जस्ता भुमिकामा सशक्त बनाएर लानुनै राष्टिय राजनीतिमा टेवा पुर्याउनु नै यो दिवसको प्रमुख लक्ष हो । ग्रामिण समुदायमै जन्मिय, हुर्किय आफुले थाहा पाय देखी यिनै ग्रामीण महिलाहरुको सशक्तिकरणका लागी धेरै सवालगत मुद्वाहरु उठान गरी पारिवारिक, संस्थागत र व्याक्तिगत जिवनमा मैले खेलेको भुमिका मकवानपुरको छायाँमा परेको छैन भन्ने विश्वासमा छु ।

यस अर्थले म मेरा सहपाठी साथीहरु, सहकारी अभियान मार्फत ग्रामीण महिला सेवा केन्द्रको स्थापना गर्दै गाउँका दिदी बहिनीको सशक्तिकरणमा हाम्रो भुमिका यो दिवसमा सम्झन लायकको छ भनेर उल्लेख गर्दै तपाँई सम्पुर्ण साथिहरुमा,सहयोगी संस्थाहरु र सम्पुर्ण ग्रामीण महिलाहरुमा हार्दिक,हार्दिक शुभकामना दिन चाहन्छु ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*