हेटौंडा खेलकुद विकास समितिद्वारा दुइजना प्रहरी निरिक्षकको स्वागत

जनपत्र
२३ आश्विन २०७७, शुक्रबार ०९:२६

हेटौंडा । हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिले आज बिहान दुइजना प्रहरी निरिक्षकको स्वागत गरेको छ । मकवानपुरमा सरुवा भएर भर्खरै आउनु भएका जिल्ला ट्राफिक प्रहरी निरिक्षक प्रकास पाण्डे र वडा प्रहरी कार्यालय हेटौंडामा कार्यरत प्रहरी निरिक्षक कृष्ण विष्टलाई स्वागत गरिएको हो ।

कार्यक्रममा बोल्दै नेकपा मकवानपुरका कार्यालय सदस्य एकालाल श्रेष्ठले शान्ति सुरक्षा गर्ने जिम्मा प्रहरीको मात्र नभएर आम नागरिकले पनि सहयोग गर्नुपर्ने वताउनुभयो । जिल्लामा शान्ति सुरक्षा कायम गर्न आम युवा र खेलकुद प्रेमीहरुले सहयोग गर्ने वताउनुभयो ।

कार्यक्रममा जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईंले यहाँको सुरक्षामा युवाहरुले कुनैपनि तवरबाट सघाउन तयार रहेको वताउनुभयो । हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीको अध्यक्षतामा र्काक्रम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*