लिफ्ट र सौर्य सिंचाइले बागमती प्रदेशका किसानलाई खेती गर्न सहज भयो– निर्देशक प्रधान

हेटौडा । बागमती प्रदेशको भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको कृषि बिकास निर्देशनालय हेटौंडाले बिभीन्न जिल्लाका साना तथा ठुला किसानका लागि खेती गर्नका लागि सहज वनाएको छ । ठुला किसान र खेती खेती योग्य जमिन समेट्नेगरी सोलार र लिफ्ट सिंचाइका योजना सञ्चालन गरेको हो ।
दुवैतर्फको सिंचाइका कार्यक्रमबाट मकवानपुर, चितवन, धादिङ लगायतका जिल्लाका किसान लाभान्वीत भएका छन् । आफ्ना खेतीयोग्य जमिन बाँझो राखेर बसेका किसानहरुका लागि लिफ्ट र सौर्य सिंचाइले किसानलाई ठुलो राहत दिएको छ । यो सिंचाइबाट खेती गर्न पाएका किसान भने निकै खुसी समेत भएका छन् । यसै सरोफेरोमा रहेर जनपत्रका प्रधान सम्पादक हरि हुमागाईंले बागमती प्रदेशको कृषि विकास निर्देशनालयका निर्देशक रविन्द्र बहादुर प्रधानसंग कुराकानी गर्नु भएको छ।