कोरोना परिक्षणको रिपोर्ट २४ घण्टाभित्र दिनेगरी काम थाल्दै छौं–मन्त्री दुलाल

बागमती प्रदेशका विभीन्न जिल्लामा प्रदेश सरकारको प्रयासमा आइसीयु र आइसोलेसन सेवा दिने काम भइरहेको छ ।
जनपत्र
२१ आश्विन २०७७, बुधबार ०६:२६

हेटौंडा । बागमती प्रदेशका काठमाण्डौंउपत्यका लगायतका जिल्लामा कोरोना भाइरस परिक्षणका लागि स्वाब दिएको एक हप्ता सम्म रिपोर्ट प्राप्त नगरेको गुनासोलाई बागमती प्रदेश सरकारले संबोधन गर्न लागेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयलयले मकवानपुरमा थप एक ओटा कोरोना ल्याब सहित पाँच जिल्लामा ल्याब सञ्चालन गर्नका लागि अन्तिम तयारी गरेको हो । पाँचवटै ल्याब सञ्चालनमा आएपछी स्वाब दिएकाहरुको रिपोर्ट २४ घण्टाभित्रनै प्राप्त गर्ने बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले वताउनुभयो ।

मन्त्रालयले प्रदेशका विभीन्न जिल्लामा आइसीयु र आइसोलेसन सेवा दिने काम भइरहेको छ । प्रदेश मातहत रहेका अस्पताल सुधार अभियान अन्तरगत केही जिल्लामा आइसीयु सेवा दिन सुरु गरिएको छ । अरु बाँकी जिल्लामा समेत आइसीयु सेवा दिनका लागि सुरु गर्ने तयारी छ । हेटौंडा अस्पतालमा पनि आइसीयु सेवा दिने अन्तिम तयारी अनुसार काम भइरहेको छ । यसैगरी प्रदेश सरकारले प्रदेशका विभीन्न जिल्लामा कोरोना संक्रमितहरुलाई राख्नका लागि आइसोलेसन सञ्चालनमा ल्याएको मन्त्री दुलालले वताउनुभयो ।

मन्त्रालयको पहलमा कोरोना संक्रमितको खोजी गर्ने र परिक्षणको दायरामा ल्याउने र उपचार गर्ने काम भइरहेको छ । अरु प्रदेशको तुलनामा बागमती प्रदेशमा कोरोना संक्रमितको दर निकै बढेको छ । मृत्यु हुनेको सख्या पनि बढेको छ । यस प्रदेशका शहरमा धेरै जनसख्या र शहरबजारमा निकै चाप वढेका कारण पनि कोरोना संक्रमित बढेको उहाँले वताउनुभयो । नेपालको अर्थतन्त्रमा समस्या पर्ने भएपछी लकडाउन र निषेधाज्ञा हटाइएपछी कोरोना संक्रमित निकै बढेका छन् । अहिले विद्यालय, क्याम्पस भन्दा बाहेक सबै क्षेत्र खुलेका छन् ।

यसै सेरोफेरोमा रहेर जनपत्रका प्रधान सम्पादक हरि हुमागाईंले बागमती प्रदेशका सामाजिक बिकास मन्त्री युवराज दुलालसंग कुराकानी गर्नु भएको छ । सुनौ अडियो कुराकानी ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*