‘मेरी बास्सै’ बाट बल्छी र राजु मास्टर किन बाहिरिए ?

नेपाल टेलिभिजनबाट लामो समयदेखि प्रसारणमा आईरहेको चर्चित हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’ बाट निर्देशक तथा कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्बे) र राजु पौडेल (राजु मास्टर) बाहिरिए छन्। निर्माण कम्पनी मिडिया हवसँग असहमतीका कारण आफुहरु मेरी बास्सैबाट बाहिरिएको मरिचमान ले जनाएका छन् । उनले फेसबुकमा लेखेका छन् “मिडिया हबसँग विभिन्न कुरामा सहमती हुन नसक्दा आजको मितिबाट हामी मेरी बास्सैबाट अलग भएका छौँ । यस कदमबाट हाम्रा भगवनरुपी दर्सकहरुमा पर्न गएको असर प्रति क्षमाप्रार्थी छौँ”।
उनले लेखेका छन् “हामी अब छिट्टै नै बल्छी र राजुमास्टरकै भेषमा अर्को सिरियल लिएर आउनेछौं, दर्शकले हामीलाई मेरी बास्सैकै भेषमा देख्न पाउनुहुनेछ” । उनी अगाडी लेख्छन् “एउटा स्कृप्ट राईटर भनेको खुल्ला आकासमा उड्ने चरा जस्तै हो उ जुन दिशामा पनि आफ्नो पखेटा फैलाएर उड्न सक्छ, तर त्यो चरालाई एउटा पिँजडामा थुनेर राख्दा चरा पिँजडाबाट बाहिर निस्किन खोज्दा कैले उसको टाउकामा चोट लाग्छ, कैले पखेटा भाँचिन सक्छ यसो हुँदा चरा बिरामी पर्न जान्छ र कुनै दिन मर्न पनि सक्छ। तर तपाईहरूको मायाले बाचेका हामी बल्छी र राजु मर्न चाहेनौं।”
युट्युवमा समेत सधै ट्रेण्डिङमा रहँदै दर्शकहरुले अत्याधिक रुचाएको मेरी बास्सै बल्छि धुर्बे र राजु मास्टर बिना दर्शकहरुलाई नुन हालेको तरकारी भन्दा फरक हुने छैन । स्मरण रहोस यसअघि मिडिया हवसंग नै सहमती नहुँदा मेरी बास्सै र भद्रगोल पनि प्रसारण नै रोकिएको थियो तर पछि फेरी सहमति बनेसंगै यी दुबै पर्दामा फर्किएका थिए ।
साभार: kalikanews