सबैभन्दा ससक्त संचार माध्यमका रुपमा अनलाईन

हरि हुमागाई
८ चैत्र २०७५, शुक्रबार ०७:३६

अहिले पछील्ला बर्षहरुमा दैनिक पत्रिका, रेडियो र टेलिभिजनका पाठक, श्रोता र दर्शक भन्दा अनलाईनका पाठकहरु धेरै बढेको पाईएको छ । दैनिक पत्रिका खोज्नका लागि पसल सम्म धाउनुपर्ने, पत्रिका खरिद गर्न पैसा तिर्नुपर्ने, रेडीयो घरमानै भएपनि समाचारको समय निकालेर सुन्नु पर्ने छ । यता टेलिभिजनमा कुनै कार्यक्रम वा समाचार हेर्नुपरेमा समय निकालेर टेलिभिजन अगाढी बस्नुपर्ने हुन्छ । तर अनलाईनमा पाठकले आफुले चाहेको समयमा सामाजिक सन्जाल चलाईरहँदा आफुलाई मनपरेको समाचार सेयर भएर आएको पाएमा त्यही समाचारलाई क्लीक गरेर हेर्न पाउने हुन्छ । अरु मिडीयाको तुलनामा तत्काल समाचार दिईहाल्न सकिने र रेडियो, पत्रिका र टेलिभिजनको प्यास समेत अनलाईनहरुले मेट्दै आएका छन् ।
यसैक्रममा मकवानपुरमा कार्यालय स्थापना भएर स्टेट भिजन प्राली द्धारा संचालित तुखबर डटकम अनलाईन अहिले दोस्रो बषमा प्रबेश गर्दै छ । यो अबधिमा धेरै राम्रा समाचार, लेख, आवाज सहितका भिडीयो पनि यस अनलाईले प्रकाशनमा ल्याएको छ । अहिले अनलाईनमा धेरै युवा देखि पढेलेखेका पाका उमेर भएकाहरुले पनि अनलाईन पढ्न थालेका छन् । अरु मिडीयामा उनिहरुले समाचार पस्किएको समयमा गएर हेनुपर्ने हुन्छ भने अनलाइनमा समाचारहरु प्रकाशन भएपछी पनि त्यही रहन्छ । पाठकले आफुले चाहेको समयमा पढ्न सक्छ । त्यसपछी बिभीन्न सामाजिक संजालमा सेयेर भएका समाचारका कारण पाठकले यो समाचार पढ्छु भनेर क्लीक गर्दा मात्र हुन्छ ।
अहिले अरु मिडीयाको तुलनामा अनलाईन मिडीया बग्रेल्ती खुलेका छन् । पाठकहरुले पनि कुन अनलाईनको समाचार पढ्दा आफुलाई बिस्वास लाग्छ । त्यही अनलाईन मात्र क्लीक गरेर समाचार हेर्ने गरेका छन् । अहिले काठमाण्डौ, हेटौंडा, बिराटनगर, पोखरा, चितवन लगायतका शहरमा पत्रकारका हातमा एक ब्यक्ति, एक ल्यापटप, एक अनलाईन जस्तै भईसकेका छन् । धेरै दर्ता भएका अनलाईन छन् भने केही दर्ता बिनानै अनलाईन चलेका पनि छन् । पाठकले सबै अनलाईनलाई एउटै डालोमा हालेर बुझ्दा यसको बिस्वस्नियतामा पनि संका छ । तर ब्याबसायीक अनलाईनहरु आफैले पाठकलाई बिस्वास दिलाएका छन् ।
अनलाईनमा आएका समाचारका धेरै चर्चा हुन्छ धेरै पाठकले पढ्छन् तर यसमा बिज्ञापन दिनुपर्छ भन्ने संस्कारको अझै बिकाश भने भएको छैन । पहुँचका आधारमा मात्र यसका संचालक, सम्पादकहरुले बिज्ञापन छाप्ने गरेका छन् । तर अबको केही बर्षपछी धेरैजनाको लागि बिज्ञापन गर्नुपर्छ भने अनलाईनमा बिज्ञापन दिनुपर्छ भन्ने परिपाटीको पनि बिकाश हुँदै जाने छ । तर त्यका लागि केही बर्ष कुनुपर्ने देखिन्छ ।
मकवानपुरमा दैनिक पत्रिकाहरु ५ वटा, रेडियोहरु १४ वटा, एक वटा स्थानिय टेलिभिजन साप्ताहिक पत्रिकाहरु डेड दर्जन र अनलाईन मिडीया एक दर्जन भन्दा बढी संचालनमा छन् । मकवानपुरमा मिडिया र पत्रकारको सङ्ख्या धेरै बढेको छ भने माध्यमगत रूपमा छापा माध्यममा सीमित पत्रकारिता रेडियो, टेलिभिजन र अनलाइनमा विस्तार भएको छ । पछील्लो समयमा तीन नंम्बर प्रदेशको राजधानी समेत हेटौंडा भएपछी यहाँ सरकारी संचार माध्यम र निजी संचार माध्यमका प्रदेश स्तरिय कार्यालयहरु प्नि खुल्न थालेका छन् । अब यहाँका स्थानिय मिडीया र राष्ट्रिय स्तरका संचार माध्यममा काम गर्ने पत्रकारका निम्ती अली सहज छ ।
हेटौंडामानै मिडियाको पहँुच, सामग्रीको विविधता, प्रस्तुति र प्रविधिमा पनि ठूलो फड्को मारेको छ । यस मध्यमा पनि अनलाईनले बढी फड्को मारेको छ । अनलाईनमा काम गर्ने मकवानपुरका संचारकर्मीहरुले पनि आम नागरिकका कुरालाई बढी प्राथमिकताका साथ उठान गर्दै आएका छन् । यहाँको स्थानिय सरकार र प्रादेशीक सरकारलाई नागरिक प्रति जवाफदेहि बनाउनका लागि संचार माध्यमले महत्वपुर्ण भुमिका खेल्दै आएका छन् । आम सर्बसाधरण नागरिकका कुरा संचार माध्यम मार्फत सरकारी निकायलाई जानकारी गराउने र कार्यनयन गरिने काम गरिदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*