मानब बेचबिखन अन्त्य गर्दै सभ्य समाजको निर्माण आजको आबश्यकता
यस बर्षको मानब बेचबिखन बिरुद्धको दिबशको नारा मानब बेचबिखन तथा ओसार पसार को अन्त्यस् सुसंस्कृत , सभ्य समाज र सामाजिक रुपान्तरण अबको गन्तब्य भन्ने रहेको छ । हामी २१ औं सताब्दिका मानब अहिले पनि मानबको नै अहित गर्ने केहि कुत्सित दानबको कारण शिर निहुराउन बाध्य भएका छौं । मानब बेचबिखन जघन्य अपराध हो भन्ने कुरा जान्दा जान्दै पनि केहि ब्यक्ति त्यस्तै कुकार्यमा जुटेका छन । बिधिको बिडम्बना कोभिडको यस्तो महामारिमा पनि निषेधाज्ञाको अबस्थामा समेत मानब ओसारपसार तिब्र गतिमा भएको पाईएको छ ।
विश्वव्यापी रुपमा रहेको मानव बेचविखन तथा ओसार पसारको समस्याबाट नेपाल पनि अछुतो रहन सकेको छैन । विगतमा भारतका ठूला शहरहरुमा व्यावसायिक यौन शोषणका लागि मानव बेचविखन हुने गरेकोमा केही वर्ष यता आएर नेपालका आन्तरिक बजार र बैदेशिक रोजगारीको लागी हुने श्रम आप्रवासनको क्रममा पनि मानव वेचविखनको अपराध हुन थालेबाट यसको नियन्त्रण र निराकरणमा थप जटिलता सृर्जना भएको छ । मानव वेचविखन तथा ओसार पसार विश्व बजारमा कम जोखिममा अति नै लाभयुक्त आपराधिक उद्योगको रुपमा द्रुतगतिमा फस्टाउदै गइ रहेको सन्दर्भमा नेपालमा विशेष गरी महिला तथा बालबालिकाहरुको बेचविखन तथा ओसार पसार नियन्त्रण गर्ने कार्य चुनौतिपूर्ण बन्न गएको छ । विश्व बजारमा लागु औषध र हातहतियारको कारोवार पछि मानव बेचविखनको कारोवारले स्थान पाउन सफल भएको कारण पनी नेपाल जस्तो अल्प विकशित मुलुक थप जोखिममा रहेको छ ।
मानब बेचबिखन बिरुद्ध नेपालमा आबाज उठाउने, पिडितको उद्धार र पुर्नस्थापना गर्ने कार्यमा पहिलो पहल कदमि गर्ने सस्थाको रुपमा माईती नेपालको नाम अग्रपंङ्गतिमा आउछ । नेपालको मदर टेरेसाको रुपमा हामी माईति नेपालको संस्थापक अध्यक्ष अनुराधा कोईरालालाई लिन सक्छौं । समाज परिबर्तनको प्रतिमुर्ति सामाजिक अभियन्ता अनुराधा कोईराला लाई हार्दिक नमन, सम्मान र माईति नेपालको कार्यप्रगति प्रति मुक्त कंण्ठले प्रशंसा गर्न चाहन्छु । माईति नेपालले धेरै चेलिहरुको उद्धार र पुर्नस्थापना गरेको कारण धेरै चेलिहरुको उद्धार भएको पाईन्छ त्यसैले माईति नेपालको जति प्रशंसा गरेपनि कमै हुन्छ । समयको क्रम संगै धेरै सामाजिक संघ र सस्थाहरुले यसका बिरुद्ध एक्यबद्धता जनाउदै मानब बेचबिखन र ओसार पसार बिरुद्ध आबाज पनि उठाईरहेका छन् ।
अहिले नेपालमा मानब बेचबिखन बिरुद्ध एट्विन ले सामाजिक सस्थाहरुलाई एकिकृत गरि संजालमा आबद्ध गरि कार्ययोजना अनुरुप कार्यगरिरहेको पाईन्छ । हामी नेपाल सरकार लगायत यतिका संस्थाहरु मानब बेचबिखन बिरुद्धमा कृयाशिल छौ, तर पनि किन मानब बेचबिखन र ओसार पसारको अन्त्य नेपाल बाट हुन सकेको छैन त ? भन्ने प्रश्न अनुत्तरित नै भईरहन्छ । हिजोका मानब अधिकारको बारेमा ओकालत गर्ने र मानब बेचबिखन बिरुद्ध आबाज उठाउने सामाजिक अभियन्ताहरु नै आज संधिय, प्रदेश र स्थानिय सरकारमा सामेल भएको कारणले अब मानब भएर बेचिनु पर्दैन, मानब अधिकारको प्रत्याभुति हुनेछ, खासगरि बालिकाहरु यौन पेशामा संलग्न हुन पर्दैन, बालश्रमको रुपान्तरण हुनेछ जस्ता साझा समस्या सदाको लागि निदान हुनेछ भन्ने आत्म बिश्वास जागेको छ ।
प्रदेश र स्थानिय सरकार अब चुक्नु हुदैन । सरकारले यस्ता अभियानमा बास्तबिक अभियन्ताको खोजि गरि उनिहरुलाई ठोस जिम्मेबारि बहन गर्ने अक्तियारि र दायित्व दिन सकेको अबस्थामा मात्र बास्तबिक समस्याकाृ समाधान हुन सक्छ । फेरिपनि राम्रो मान्छे अर्थात अभियन्ताको सट्टामा हाम्रो मान्छेलाई प्राथमिकता दिने हो भने समस्या समाधानले प्राथमिकता पाउदैन र तिनको प्राथमिकतामा नपरेको समस्यालाई तिनले कसरि सम्बोधन गर्न सक्छन् र ? जसको सवाल उसै अभियन्तालाई जिम्मेबारिमा राखेर जाने हो भने आशा गरिएको नतिजा पाउन सकिन्छ जास्तो लाग्छ । आज प्रदेश र स्थानिय सरकारको कामको मुल्याकंन भोलि जनताले गर्ने छन भन्ने हेक्का राख्न पर्ने हुन्छ । हामि नागरिक समाजको अभियन्ताको रुपमा सरकारलाई हरतरहले सहयोग गर्न तत्पर छौं र अभियानमा कृयाशिल पनि छौं । सरकारका राम्रा कामको सदैब प्रशंसा गर्नु पर्छ र ढिलासुस्ति र खराबकामको औला ठड्याउनु सच्चा अभियन्ताको मौलिकता र कर्तब्य हो तर त्यसो भएको पाईदैन । त्यसैले समस्या जहाको तहि र जस्ताको तस्तै छन् ।
हामिले मानव बेचबिखन तथा ओसारपसार का बारेमा बुझ्नै पर्ने कुरा भनेको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार (१) मानव बेचबिखन र ओसारपसार भन्नाले निम्न कुरालाई बुझाउ“छ ः (क) कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने, (ख) कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने, (ग) प्रचलित कानून बमोजिम बाहेक मानिसको अङ्ग झिक्ने, (घ) वेश्यागमन गर्ने ।
(२) कसैले देहायको कुनै कार्य गरेमा मानव ओसारपसार गरेको मानिनेछ ः– (क) किन्ने वा बेच्ने उद्देश्यले मानिसलाई विदेशमा लैजाने, (ख) वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाई फकाई, प्रलोभनमा पारी, झुक्याई, जालसाज गरी, प्रपञ्च मिलाई, जबर्जस्ती गरी, करकापमा पारी, अपहरण गरी, शरीर बन्धक राखी, नाजुक स्थितिको फाइदा लिई, बेहोस पारी, पद वा शक्तिको दुरूपयोग गरी, अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धाक, धम्की दिई वा करकापमा पारी कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाई लग्ने वा आपूmस“ग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउ“बाट अर्को ठाउ“मा वा विदेशमा लैजाने वा अरू कसैलाई दिने ।
खासगरी कानुनी प्रक्रिया पूरा नगरी वा भारत हु“दै तेस्रो मुलुक जानेहरू बढीमात्रामा बेचबिखनको सिकार हुने गरेको पाइएको छ । हिजो आज गरिबी, बेरोजगारी सशस्त्र द्वन्द्वलगायतका राजनीतिक घटना तथा प्राकृतिक विपत्तिका कारण विस्थापित भई सुरक्षित स्थानका लागि बसाइ सर्नेक्रममा, नेपालकै गाउ“बाट जिल्लाका सदरमुकाम, देशको अन्य सहर बजार, राजधानीमा काम खोज्न वा गर्नका लागि आउने क्रममा मानिसहरू बेचबिखन तथा ओसारपसारको जोखिममा पर्ने क्रमले तिब्रता पाएको छ ।
बेचबिखनमा देखा परेको नया“ प्रवृत्ति ः मनोरञ्जन उद्योगका लागि आन्तरिक बेचबिखन
नेपालमा मानव बेचबिखनको सन्दर्भ केही वर्ष अगाडिसम्म महिला र बालिका वा चेलिबेटी बेचबिखनस“ग हुने गर्दथ्यो । कुनै बेला नेपालबाट किशोरी तथा महिलाहरूलाई बेचबिखन गरी यौन व्यवसायमा लगाई शोषण गर्न लगिने गन्तव्य भारत मात्र रहेको थियो । तर केही वर्ष यता मानव बेचबिखनका आयामहरूमा निरन्तर परिवर्तन देखिन थालेको छ । हिजो आज नेपालबाट रोजगारीको खोजीमा हिडेका महिला तथा पुरूष दुवैको गन्तव्य केवल भारत मात्र नभई लेबनान, सिरिया, अफगानिस्थान, अरब राष्टहरू तथा दक्षिणपूर्वी एसियाका देशहरू समेत हुने गरेका छन् । यतिमात्र होइन अब नेपालको राजधानी, अन्य सहरहरू तथा सहरीकरण हु“दै गएका इलाकाहरू क्याबिन बार, डान्स, दोहोरी सा“झ जस्ता मनोरञ्जन उद्योगहरूमा बालिका तथा महिलाहरूको बेचबिखन हुने गरेको छ ।
मानव बेचबिखनको वर्तमान अवस्था
१. महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले १९९८ मा २६ वटा मानव बेचबिखनको दृष्टिले जोखिममा रहेका जिल्लाहरुको पहिचान गरेको छ । जसमा मकवानपुर पनि पर्दछ । २. मानव अधिकार आयोगको मानव बेचखिन विशेष गरी महिला तथा बालबालिकाको बेचबिखनसम्बन्धी प्रतिवेदन अनुसार गाउँबाट बिना सीप र ज्ञान कामको खोजीमा सहरतिर आउछन् र सहर आइसकेपछि उनीहरु आन्तरिक तथा बाह्य बेचबिखनको जोखिममा पर्ने गर्दछन् ।
३. आयोगका अनुसार महिला र बालिकाको बेचबिखन श्रम शोषण, यौन व्यापार तथा अन्य प्रयोजनका लागि गर्ने गरिन्छ । आयोगले नेपालबाट विदेशतिर हुने आप्रवासनले मानव बेचखिनलाई प्रश्रय दिइरहेको बताएको छ । ४. आयोगको प्रतिवेदनले भारततिर र आन्तरिक मानव बेचबिखन मनोरञ्जन उद्योग, ईटाभट्टा, जरी उद्योग तथा मृगौला प्रत्यारोपणका लागि पनि हुने गरेको बताएको छ । यसको साथै हङकङ तथा दक्षिण कोरियातिर विवाहको लागि पनि बेचबिखन हुने गरेको छ । ५. आइएलओले सन् २००१ मा गरेको अध्ययन अनुसार प्रत्येक वर्ष १८ वर्ष मुनिका १२,००० बालिकाहरु देहव्यापारका लागि भारतमा बेचबिखन हुने गरेका छन् ।
६. नेपालीहरु तस्करीको माध्यमबाट विकसित मुलुकतिर आप्रवासनमा जाने गरेका छन् । ७. केटाहरुलाई घरेलु श्रमका लागि र केटीहरुलाई खाडी राष्ट्रहरु र तिब्बतको खासातिर समेत बेचबिखन हुने गरेको छ । ८. पीडितहरुमध्ये ८० प्रतिशत साक्षर छन् । कृषिमा संलग्न ६७ प्रतिशत छन् । ९. आइएलओले सन् २००१ मा गरेको अध्ययन अनुसार वार्षिक १२,००० जना १८ वर्ष मुनिका बालबालिकाहरु भारतमा बेचबिखन हुने गरेका छन् । १०. राष्ट्रिय योजना आयोग र अन्तर्राष्ट्रिय आप्रवासी संघ का अनुसार श्रमका लागि विदेश गएका महिलाहरुमध्ये ८० प्रतिशत महिलाहरु घरेलु सेवामा संलग्न रहेका छन् । अबस्था जटिल छ । तर हामि कछुवाको गतिमा छौं । अपराधीहरु संगठितरुपमा आफ्नो ब्यापार फस्टाईरहेका छन् । सबैले जिम्मेबारि बोध गर्ने बेला आएको छ।
मानव बेचबिखन/ओसारपसारका मूल कारण र सक्रिय पार्ने कारणहरू
मूल कारणहरू १ गरिबी र भूमिहीनता २ बेरोजगारी ३ कुशासन र भ्रष्टाचारी अधिकारीहरू ४. लैङ्गिक विभेद ५. जातिय विभेद ६. वर्गिय विभेद ७. सूचनामा पहु“चको अभाव ८. सचेतनाको अभाव
निम्न कारणहरूले मानव बेचबिखनको जोखिमतिर धकेल्न थप बल पु¥याउछ ः
गरीबीको चरम अवस्था, ऋणको बोझ ः गरिबीको चरम अवस्था, परिवारको मूल आर्जनकर्ताको मृत्यु
टुक्रिएको परिवार ः जाड रक्सीको दुरूपयोग, घरेलु हिंसा, सम्बन्ध विच्छेद, पुनर्विवाह
परिवारबाट अलग्गिनु ः आमाबाबुबाट बालश्रममा लगाएको, सशस्त्र द्वन्द्वको कारण परिवारबाट अलग हुनु
हिंसा ः घरपरिवार, स्कूल, समुदाय वा कार्यस्थलमा हुने शारीरिक, यौनिक र मनोवैज्ञानिक हिंसाले बालबालिका तथा महिला दुवैलाई जोखिममा पार्ने
सशस्त्र द्वन्द्व, प्राकृतिक प्रकोप ः यस्ता प्रकोपबाट बालबालिका तथा महिलाहरू बढी जोखिममा पर्ने ।
परम्परागत विवाह प्रथा ः बालविवाह, जबरजस्ती विवाह, बहुविवाह, अनमेल विवाहलगायतका कुसंस्कृतिहरू
यौन उद्योगको विस्तार ः भारत, सार्क मुलुकहरू तथा अन्य मुलुकहरूतिर मात्र होइन देशभित्रै पनि मनोरञ्जन उद्योगको आवरण भित्र यौन उद्योग फष्टाउनु
महत्वाकांक्षा र प्रलोभन ः छोटो समयमा धेरै आर्थिक उन्नति गर्ने महत्वाकांक्षा, शहरी जीवनशैलीको आकर्षण, राम्रो जागिर पाउने प्रलोभन
मानबले मानबलाई बेच्ने जस्ता जघन्य अपराध जुन सोच्न पनि सकिदैन त्यो अपराध मानब जाति बाटै हुनु लज्जाको बिषय बनेको छ । यस समस्याबाट मुक्ती पाउनका लागि नेपाली समाज लामो प्रतिक्षामा रहेको छ । बर्तमान नेपाल सरकार खासगरि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र बागमति प्रदेशको सामाजिक बिकाश मन्त्रालय यो समस्यालाई निकाश दिन कृयाशिल रहेको पाईन्छ तर ति प्रयास निरर्थक साबित हुदैछन ।
किन ति प्रयास सार्थक हुन सकेका छैनन् त भन्ने बारेमा केलाएर थप उर्जाका साथ काम गर्न थालनि नगर्ने हो भने समस्या झन बिकराल हुने संभाबना देखिन्छ । अब प्रदेश सरकार र स्थानिय सरकारले कार्यप्रारुप तयार गरि समन्वयात्मक ढंगले अगाढि बढन सक्नु पर्छ । मकबानपुर जिल्लामा मानब अधिकार संरक्षण तथा मानब बेचबिखन बिरुद्धको संजालले नेपालमै नमुनाको रुपमा बैदेशिक रोजगारमा जानलागेका ब्यक्तिलाई परामर्श गरि बास्तबिक सुचना दिने प्रशंसनिय कार्य बिगत लामो समय देखि गर्दै आईरहेको कारण केहि उपलब्धि हासिल गर्न सकेको छ तर यसमा सरकारको निरन्तर साथ र सहयोगको अपेक्षा गरिएको पनि पाईन्छ ।
नेपालको शिक्षा निति प्रभाबकारि नहुनाको कारणले पनि मानब बेचबिखनको अन्त्य हुन नसकेको र महिलाहरु यौन ब्यबसाय गर्न बाध्यतामा परेको भन्ने शिक्षा बिदहरुको धारणा आईरहेको छ । भर्खरै कानुन संसोधन समेत भएको छ । पिडिललाई क्षतिपुर्ति पाउने बिषयमा अझै कानुन लाई परिमार्जन गर्दै लानु पर्ने हुन्छ । जे होस कानुन पयाप्त छ तर कार्यान्वयनको पाटो फितलो भएको कारणले पिडितले न्याय पाउन सकिरहेको देखिदैन । न्याय सम्पादनमा समेत चुनौति छ । मुद्धाहरु किन होस्टाईल हुन्छन्, धेरै मुद्धाहरु पिडितको पक्षमा किन फैसला भएको पाईदैन ? यो गम्भिर प्रश्नको उत्तर खोजिगरि, अनुसन्धान गरि त्यसैको आधारमा कार्यनिति बनाई अब काम गर्ने बेला आएको छ । हामि सभ्य समाजका हिमायति हौ । अबको गन्तब्य भनेको नेपाल सरकार, न्यायपालिका र नगरिक समाजको रुपमा रहेको सामाजिक संध संस्थाहरु एक भएर एउटै गन्तब्य पहिचान गरेर समन्वय र सहकार्य गरि अगाडि बढ्ने हो भने हामि नेपाल बाट मानब बेचबिखन तथा ओसार पसारको अन्त्य गर्दै सुसंस्कृत, सभ्य समाज र समाजिक रुपान्तरण गर्न सक्छौं । धन्यबाद ।
लेखक बाल कल्याण समाज, मकबानपुरका अध्यक्ष हुनुहुन्छ ।






