चथा नखः (चतुर्थी पर्व )

हरेक बर्ष भाद्र शुक्ल चतुर्थीको दिन गणेशको जन्म दिनको रुपमा काठमाडौंका मुख्य गणेशस्थान अशोक विनायक,चन्द्रविनायक, सूर्यविनायक, जलविनायक, कमलविनायक लगायत अन्य गणेश मन्दिरमा पुजाआजा गरेर मनाइने गर्थ्यो भने यो बर्ष ऋइख्क्ष्त् ज्ञढ कोरोना भाइरसको कारणले निषेधाज्ञा जारी भएकोले मन्दिर नगइकन समय अनुसार घरघरमा पुजा गरेर मनाइने गर्छन ।
त्यसैगरी नेवार समुदायले आजको दिनलाई चथा नखः भनेर मान्ने गरिन्छ । यो पर्वलाई सानो दशैंको रुपमा पनि मानिन्छ अर्थात आजको दिन जति राम्रो भयो दशैं पनि उति नै राम्रो हुन्छ भन्ने जनविश्वास छ ।आजको दिन सुर्यास्तको वेला चन्द्रमाको पुजा गर्ने चलन छ ।
आजको चढाउने मुख्य चीजहरुमा मकै, भट्मास विभिन्न प्रकारको गेडगुडी, आरुको बियाँ,मौसम अनुसारको फलफुल काँक्रा, नासपाटी,स्याउ,मुला आादि राखेर राती घर भित्र चन्द्रमा उडाएपछि प्रकाश घर भित्र पसिएला झ्याल ढोका बन्द गरेर बाक्लो पर्दा ले वन्द गरी जव राती कुकुर भुक्छ चोर देवता आयो भनेर पुज्ने चलन छ अर्थात गणेशलाई चोर देवताको रुपमा पनि लिइएको पाईन्छ आाजको दिन चन्द्रलाई हेरेमा वा चन्द्रको प्रकाश देखिएमा चोरीको आरोप प्रत्यारोप लाग्न सक्छ त्यसै सवै जना छिटो घर पस्ने पहिला पहिला सवै परिवारले समयवजी सेट तयार गरी भोज खाने चलन थियो भने अहिले आएर मानिसहरुको चहाना र इच्छा अनुसार खाने गरिन्छ । परमपरामा स्वर्गवाट इन्द्रको आामाले पारीजातको फूल लिन पठाउदा इन्द्रलाई किसानले चोर भनेर पक्रेर राखेकोले चथा द्यः भनेर इन्दलाई मानिन्छ ।
यसरी चोर देवता चथा द्योः लाई पुजा गर्दा मिठो मसिनो खुवाउँदा चोर पल्किन्छ कि तर्रो आरुको बियाँ बस्पति पु मकै भट्मास अमिला चीज चढाएर चोर भगाउन खोजिएको हो भन्ने मान्नयता छ । आजको पुजा सामग्रीमा नभइ नहुने आरुको बियाँ हो तर यस बर्ष कोरोना भाइरसको कारणले उपलव्ध नहुन सक्छ नभएको चीजको खोजी नगरिकन जे जे छ त्यहि राखेर पुजा गरेर शक्तिवर्धक चीजहरु खाएर कोराना संग लड्न सक्ने क्षमता बढोस बिश्व महामारी कोरोना भाइरसको अन्त होस चथा नखःया शुभकामना ।।
तिथिअनुसार बडा दशैँको अष्टमी यसको ठीक एक महिनापछि आउने हुनाले यसलाई दशैँको पूर्व तयारी पूजाका रुपमा “सानो दशैँ” पनि भन्ने गरिएको छ । यसैले नेवाः संस्कृतिका अनुयायीहरु यस दिन दशैँमा जस्तै विभिन्न परिकार बनाएर खाने गर्दछन् ।
भन्ने गरिन्छ कि यस दिन पानी परे दशैँमा पनि पानी पर्छ र यस दिन जसरी मिठो खाइन्छ, त्यसरी नै दशैँमा पनि खान पाइन्छ । धेरैजसो अवस्थामा आजका दिन वर्षा भए दशैँमा पनि वर्षा भएकै देखिएकै पाइएका छन् । यसै हप्तादेखि नेवाः सभ्यतामा “इन्द्रजात्रा” सम्बन्धित विभिन्न देवीदेवताका गुथिहरुले आफ्ना नियमित गतिविधि सुरु गर्दछन् । “इन्द्रजात्रा” आफैँ पनि देवराज इन्द्रलाई फूल चोरेको आरोपमा यहाँका नागरिकले पक्रेपछि बाँधेर सजायँ दिएको सार्वजनिक प्रदर्शन हो भन्ने पौराणिक कथा सर्वव्यापी छ ।
यसरी आजको “चथाःपूजा”, “इन्द्रजात्रा”देखि “दशैँ” सम्म जोड्ने सांस्कृतिक सम्बन्धलाई नेपाल भाषामा“ञँला”अर्थात् एघारौँ महिना भन्ने गरिएको छ । यो महिना वर्षभरिमै सबैभन्दा रमाइला चाडबाडको महिनासमेत हुनाले पोहोरसम्म सबैभन्दा बढी पर्यटक भित्रिने महिना पनि हो । तर यसवर्ष यसै अवधिभित्र एक महिने अधिकमासको प्रवेश हुने हुँदा “दशैँ” सहितअन्य चाडबाड समेत थप एक महिना पछाडि धकेलिनेछ ।
आज साँझ गरिने “चथाःपूजा”का लागि बिहानै तयारी हुने गर्दछ । विरुवामा अदुवाको बोट, उखुको बोट, फलफूलमा नास्पाती, अमला, काँक्रा, अम्बा, गेडागुडीमा मकै र भटमासका साथ आरुको बियाँसहित चढाएर गणेश रुपी सुकुन्दाका अगाडि चन्द्रमाको पूजा गरिनु नै यसको विशेषता रहेको छ । यही पूजाका क्रममा परिवारका सबै सदस्यले बिहान आफ्नो खल्तीमा सुरक्षित राखेका फल र पैसा चढाउने गरिन्छ ।