राष्ट्रीय व्यापी अनलाइन बुद्धिचाल प्रतियोगिता आयोजना गरिने
हेटौंडा – जेसिआई हेटौंडा राष्ट्रीय व्यापी अनलाइन बुद्धिचाल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आउदो भाद्र १३ गते शनिबारबाट शुरु हुने नेपाल बुद्धिचाल संघका सचिब धरम लामाले जानकारी दिए ।
कोरोना भाइरसको भयावह स्थितिको सामना गरिरहेको विषम परिस्थितीमा देशभरि छरिएर रहेका खेलाडीहरु आ–आफ्नो स्थानमा बसी उच्च मनोबलका साथ कौशलता प्रदर्शन गर्नको निम्ती अनलाइन राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिताले मद्दत पुर्याउने विश्वास गरिएको बागमती प्रदेश बुद्धिचाल संघका कोषाध्यक्ष नरेन्द्र भण्डारीले बताए ।
देशभरि छरिएर बसेका प्रतिभाहरुलाई उजागर गर्नको निम्ती विभिन्न क्याटेगोरीमा गरी २४ जनालाई प्रोत्साहन गर्ने हेतुले पुरस्कार प्रायोजन गरिएको कार्यक्रम संयोजक जेसि विकेस लाल श्रेष्ठले जानकारी दिए । हेटौडा जेसिसको जेसिस सप्ताह कार्यक्रम वर्ष २०२० अन्तर्गत यस अनलाइन कार्यक्रम आयोजना गर्न लागेको हो।
प्रतियोगितामा प्रथम हुनेले नगद ४ हजार प्राप्त गर्नेछ भने द्वतीय,तृतीय सान्तोना हुनेले क्रमशः ३ हजार,२ हजार १ हजार प्राप्त गर्नेछ । प्रतियोगितामा करिब सयजना खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । स्विसलिगको आधारमा ११ राउण्ड खेल सबै खेलाडीहरुले ३ पलस २ ब्लिट्ज अनुसार खेल्नेछन्।
सो प्रतियोगिताको पुरस्कारका लागि २१ हजार ५०० खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको कार्यक्रम उद्घाटन भाद्र १३ गते दिनको १ः३० बजे हुनेछ । खेल (buddhichaldotcom)युट्युब च्यानलमा प्रत्यक्ष प्रसारण हुनेछ।






