बागमती प्रदेशका मुख्यमन्त्री पौडेलको अभिब्यक्ति प्रति मकवानपुरका चार सांसदद्वारा खेद व्यक्त

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हिजो एक जिल्ला समन्वय ससमितिको पाँचौ जिल्ला सभामा बोलेको अभिव्यक्ति प्रति मकवानपुरका चार जना सप्रदेशसभाका सदस्यहरुले खेद व्यक्त गरेका छन् । चार जनै सासदहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै मुख्यमन्त्रीको अभिव्यक्ती प्रति आपत्ति जनाएका हुन् । सभामा प्रतिनिधित्व गर्ने नेकपा मकवानपुरका ४ सांसदले आफ्नो कमजोरी ढाकछोप गर्न मूख्यमन्त्री डोरमणी पौडेलको पछिल्लो अभिव्यक्ति आएको बताएका छन् ।
आज संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेशसभा सदस्यहरु कुमारी मोक्तान, मुनु सिग्देल, प्रेमबहादुर पुलामी र ओम घलानले प्रदेश सरकारले विनियोजन गरेको बजेट गर्न नसक्नुमा सरकारको कमजोरी र बजेट पास नहुने अवस्थाबीच बजेट पास भएको कुरालाई ढाकछोप गर्न मूख्यमन्त्री पौडेलले आफुविरुद्ध अविश्वासको प्रस्ताव र हस्ताक्षर अभियान चलाईएको भनेर अभिव्यक्ति दिएको बताएका हुन् ।
विज्ञप्तिमा भनिएको छ–‘प्रदेश सरकारले विनियोजन गरेको बजेट खर्च हुन नसक्नुमा सरकारकै कमजोरी रहन्छ । यो सामान्य विषय नै रह्यो । यद्यपी बागमती प्रदेशको स्थायी राजधानी हेटौंडा बनाउने सन्दर्भमा पार्टीले गरेको निर्णय हामीले आत्मसात् गरेका हौं । तर मूख्यमन्त्री ज्यूले यसलाई व्यक्तिगत पूँजीका रुपमा लिएपछि प्रदेशसभा सदस्यमा रहेको असन्तुष्टी बजेटका सन्दर्भमा प्रकट भएको हुन सक्छ । बजेट पास नहुने अवस्था भएपछि पार्टी प्रदेश कमिटी इन्चार्ज लगायतको पहलकदमीले बजेट पास हुने वातावरण नेको मूख्यमन्त्री ज्यूमा अवगत नै छ ।’
यी सबै घटनाक्रमका बाबजुद पनि प्रदेशसभामा आफुलाई कमजोर महसुस गरी यो कमजोरी ढाकछोप गर्न मूख्यमन्त्रीले त्यस्तो अभिव्यक्ति दिएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । उनीहरुले अविश्वासको प्रस्ताव र हस्ताक्षर अभियानको पुष्टी गर्ने अधिकार मूख्यमन्त्रीमा रहेको जानकारी दिंदै सर्वसाधारण, पार्टी नेतृत्व, नेता, कार्यकर्तामा भ्रममा नपर्न आग्रह गरेका छन् ।
हिजोको जिल्ला सभामा मकवानपुरका प्रदेश सभाका सदस्यहरुलाई लदक्षित गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरबाटनै आफुलाई हटाउने खेल भइरहेको आरोप लगाउनु भएको थियो। जिल्ला समन्वय समिति मकवानपुरको पाँचौ जिल्ला सभाको आज हेटौंडामा उद्घाटन् गर्दै उहाँले मुख्यमन्त्री पदबाटबाट आफुलाई हटाउन मकवानपुरकै सांसदहरुबाट अविस्वासको प्रस्ताव ल्याएर हटाउन लागिपरेको आरोप लगाउनुभयो । आफुलाई हटाउनका लागि अविस्वासको प्रस्तावमा हस्ताक्षर गर्न यहीबाट सुरु गरिएको उहाँले आरोप लगाउनुभयो ।