मकवानपुरकै सांसदबाट अविस्वासको प्रस्ताव ल्याएर मलाइ हटाउन खोजीदै छ’–मुख्यमन्त्री पौडेल
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरबाटनै आफुलाई हटाउने खेल भइरहेको आरोप लगाउनु भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको पाँचौ जिल्ला सभाको आज हेटौंडामा उद्घाटन् गर्दै उहाँले मुख्यमन्त्री पदबाटबाट आफुलाई हटाउन मकवानपुरकै सांसदहरुबाट अविस्वासको प्रस्ताव ल्याएर हटाउन लागिपरेको आरोप लगाउनुभयो ।
आफुलाई हटाउनका लागि अविस्वासको प्रस्तावमा हस्ताक्षर गर्न यहीबाट सुरु गरिएको उहाँले आरोप लगाउनुभयो । मुख्यमन्त्रीबाट निकालीएपनि आफुलाई कुनै चिन्ता नरहेको उहाँले भन्नुभयो–‘यहीबाट पनि मलाइ पदबाट हटाउन खोजीदैछ ।’ मकवानपुरका स्थानीय तहहरुले राम्रा काममा प्रतिस्पर्धा गर्नका लागि निर्देशन दिनुभयो । एकले अर्कोलाई हिलो छ्याप्ने काम नगर्नका लागि उहाँले आग्रह गर्दै उहाँले भन्नुभयो–‘राम्रा कामको लागि प्रतिस्पर्धा गरौ तर, हिलो छ्याप्ने काम नगरौ ।’
प्रदेश सरकार मातहत रहेका १२ जना कर्मचारीले भ्रष्टाचार गर्न खोजेकाले अख्तियारको जिम्मा लगाएको वताउनुभयो । प्रदेश सरकारमा आफु आएपछी वडा– वडामा के काम गर्नुपर्छ भन्ने कुरा हेरेको र त्यही अनुसार काम भइरहेको वताउँदै उहाँले भन्नुभयो–‘विकासका निम्ती मकवानपुरमा अहिले ठुलो अवसर छ ।’ अधिकार प्राप्त स्थानीय सरकारले काम गरेर देखाउनुपर्ने उहाँले वताउनुभयो ।
हेटौंडामा राजधानी कायम भएपछी धेरैखालका विकास भएको वताउँदै उहाँले भन्नुभयो–‘भीमफेदी काठमाण्डौं सुरुङमार्ग निर्माणकोलागि केही दिनमा ठेक्का लगाइदै छ । मदनभण्डारी प्रतिष्ठान वनेसंगै हेटौंडा अस्पताल ३ सय वेढको निर्माण हुँदैछ । गौरीटारको रंगशाला निर्माणको काम अगाडी वढेको छ ।’