बौद्ध अर्थशास्त्रको उपयोगिता

डा. किशोर चन्द्र खनाल
१८ श्रावण २०७७, आईतवार ०७:३१

बौद्ध शिक्षा लोभ, क्रोध र भ्रम जस्ता गलत विचार द्वारा झेलिएको दिमागलाई शुद्ध पार्नमा केन्द्रित गरेको छ्र जबसम्म यस्ता गलत विचार द्वारा व्यक्ति बाहिर आउन सक्दैन तब सम्म सहि बाटो पहिल्याउन सक्दैन्र एक अनुयायीमा सही दृष्टिकोण, सही विचार, सही बोली, सही कार्य, सही आजीविका, सही प्रयास, सही जागरुकता र सही एकाग्रता जस्ता गुणहरूको बीउ रोपण गरेर आफ्नो प्रशिक्षणलाई प्रोत्साहित गरी नैतिकता, ध्यान एकाग्रता र बुद्धिको बिकास गर्नुपर्ने कुरामा जोड दिईएको पाइन्छ ।

बौद्ध अभ्यासको लक्ष्य भनेकै स्वयं र अरूको कष्ट कम गर्नु हो्र बौद्ध शिक्षाले मानवको व्यक्तिगत चरित्रको सुद्धिकरण गर्ने मात्र नभई त्यसद्वारा जीवनयापनका लागि गरिने आर्थिक क्रियाकलापसमेत मानव उपयोगी र समानताको आधारमा हुनुपर्ने कुराको मत राख्दछ । यस लेखमा बौद्ध अर्थशास्त्रको बारेमा केहि प्रकाश पार्ने कोशिस गरिएको छ ।

सन् १९५५ ताका बौद्ध अर्थशास्त्रू शब्दको प्रयोग EF शूमाकरले ब्याख्या गरे, जसलाई पहिलो पटक सन् १९६६ तिर एसियामा पहिलो पटकूबौद्ध अर्थशास्त्रू को निवन्ध प्रकाशित गरिएको थियो्र जुन पछि किताबको रुपमा “स्मल इज ब्युटिफुल” भन्ने नाममा प्रकाशित भएको छ । बौद्ध अर्थशास्त्र भनेको अर्थशास्त्रको लागि आध्यात्मिक र दार्शनिक दृष्टिकोण बाट हेरिन्छ यसले आर्थिक गतिविधिलाई मानवको मनोविज्ञानको साथै भावनाहरूको गहिराई बाट परिक्षण गर्नेकुराको निर्देशित गर्दछ ।

बौद्ध अर्थशास्त्रको मुलभूत शिद्धान्त भनेको “मानिस एक अर्का संग जोडिएको छ र प्रकृति संग अन्योन्याश्रित संबन्ध” रहेको छ । यसको बिपरित परम्परागत पश्चिमा अर्थशास्त्र भने मानिस आफै एक सबल छ भन्ने कुराबाट निर्देशित छ ।

बौद्ध अर्थशास्त्रले ब्यापारमा जहीलेपनि उत्पादित बस्तुको खपत भईसकेपछि त्यसले व्यक्ति, समाज र पर्यावरणलाई कति प्रभावित गरेको छ भन्नेकुरा लाई ध्यान दिईन्छ । त्यस उत्पादनको उपभोगले व्यक्तिमा परेको गुणात्मक असर र ऋणात्मक असर कस्तो परेको छ । त्यस्तै समाजमा त्यस वस्तुको उपभोगले परेको प्रभाव र त्यसबस्तुको उत्पादनले पर्यावरणमा कस्तो र कति असर गरेको छ भनि पुनस्बिचार गरिन्छ्र यसले नाफालाई भन्दा पनि माथि उल्लेखित घटकलाई कम पिडा हुने उत्पादनलाई मात्रै जोड दिएको हुन्छ ।

परम्परागत अर्थशास्त्रले जहिले पनि बस्तुको उत्पादन, खपत, नाफा र त्यसबाट राज्यको ढुकुटीमा आउने राजस्वलाई हिसाब गरिन्छ । त्यसबस्तु कसले प्रयोग गर्यो, कति उमेरको व्यक्तिबाट सो उत्पादनको उपभोग गरियो र त्यसबाट सो व्यक्तिको व्यक्तित्व बिकासमा कस्तो प्रभाव पर्यो, र त्यसको उपभोगबाट समुदायमा गुणात्मक असर पर्यो या ऋणात्मक भन्ने कुरा लाई महत्वका साथ लिंदैन तर यसको बिपरित बौद्ध अर्थशास्त्रले भने बस्तुको उत्पादन गर्दा जहिलेपनि समुदायको हित लाई ध्यानमा राखिनु पर्ने कुरालाई र दिर्घकालिन फाईदालाई जोड दिएको हुन्छ ।

परम्परागत पश्चिमा अर्थशास्त्रले देशको अर्थव्यवस्थाको कुल ग्राहस्थ उत्पादनमा कति बढोत्तरी गरेको छ भन्नेकुरा लाई प्रमुखरुपमा गणना गरिन्छ्र उदाहरणको लागि जस्तोस् रक्सीको उत्पादनले अर्थव्यवस्थामा राजस्व द्वारा कति योगदान पुर्याउदछ्र बौद्ध अर्थशास्त्रले राज्यको अर्थव्यवस्थामा दिने आर्थिक योगदानलाई भन्दापनि समाजको मुख्य घटक मानवको चरित्र र यसका कारणले पार्ने उसको नैतिकतालाई अग्रभागमा राखी आर्थिक क्रियाकलाप गर्नु पर्ने कुरामा जोड दिइएको पाइन्छ्र बौद्ध अर्थशास्त्रको परिचालन बुद्ध धर्मको अष्टमार्गमा आधारित छ्र जुन सही दृष्टिकोण, अभिप्राय, बोली, कार्य, जीवनयापन, प्रयास, जागरुकता, र एकाग्रता हरु मापन गर्ने घटक हुन् ।

परम्परागत अर्थशास्त्र र बुद्ध अर्थशास्त्रको बिचको फरक लाई तल केहि उल्लेख गर्न सकिन्छ परम्परागत अर्थशास्त्रले उपभोग को मात्राबाट मानिसको जीवन स्तर को मापन गरिन्छ्र आधुनिक अर्थशास्त्रले बढी भन्दा बढी उपभोग गर्नुलाई उच्च कोटीको जीवनयापन गरेको मान्दछ्र उसका अनुसार कम उपभोग गर्ने भन्दा अधिक उपभोग गर्नेलाई राम्रो मान्दछ्र तर बौद्ध अर्थशास्त्रले भने अधिक उपभोग भन्दा उपभोग बाट प्राप्त आत्मासन्तुष्टिलाई जीवनस्तर को मापन गरिन्छ्र उसको अनुसार उपभोगको अधिकता ले उसको आत्मसन्तुष्टि अधिकमात्रमा प्राप्त छ भन्न सकिन्दैन्रत्यसकारण कम उपभोग बाट उच्च स्तरको आनन्द प्राप्त गर्ने व्यक्तिलाई राम्रो मान्दछ ।

बौद्ध अर्थशास्त्रले स्थानीयमाग लाई पुष्टिहुने उत्पादनमा जोड दिन्छ्र उसले स्थानीय कच्चा पदार्थ बाट स्थानीय स्तरमानै खपत हुने र परिमाण बराबर उत्पादनमा जोड दिन्छ्र तर आधुनिक अर्थशास्त्रले भने ठुलो परिमाण स्तरको उत्पादनमा जोड दिन्छ्र उसले स्थानीयस्तरमा माग नभए बाहिरी बजारमा निर्यात मार्फत बेच्न सकिने हुँदा ठुलो परिमाण लाई जोड दिइएको हो्रठुलो परिमाणमा उत्पादन गर्दा कच्चा पदार्थमा गरिने अधिक लगानीले सन्तुलन बिगार्ने कुरालाई जोड दिएको छ ।

बौद्ध अर्थशास्त्रले सकेसम्म स्थानीय कामदारको शिप र स्थानीय पुँजीलाई उपयोग गर्न जोड दिन्छ्र यसले बाह्य ऋणलाई पुँजीका रुपमा भित्र्याउने कुरालाई सुझाउदैन र आत्मनिर्भरता लाई जोड दिन्छ्र तर परम्परागत अर्थशास्त्रले भने बाह्य कामदार, टेक्नोलोजी को प्रयोग र बाह्य ऋण लिएर पनि ठुलो मात्रामा उत्पादन गर्नका लागि सुझाउँदछ ।

बौद्ध आर्थिक नियमले प्राकृतिक र नवीकरणीय उर्जाको उपयोगलाई जोड दिएको हुन्छ उसको अनुसार गैर- नवीकरणीय उर्जाको प्रयोग तबमात्रै प्रयोगमा ल्याईन्छ जब त्यसबिना कार्यगर्न असंभव होस्र यसप्रकार गैर-नवीकरणीय लाई उपयोग गर्दा अति न्युन मात्रामा प्रयोग गर्ने कुरामा जोड दिइएको हुन्छ्र प्राकृतिक श्रोतको अधिक दोहोनले कालान्तरमा हिंसा निम्त्याउने छ ।

आधुनिक अर्थशास्त्रले भने प्राकृतिक र नबिकण उर्जाको प्रयोगले भन्दा गैर- नवीकरणीय उर्जाको प्रयोगलाई जोड दिएको हुन्छ , उसले जहिले पनि सापेक्ष लागत र संचयी युनिट को हिसाब गरेको हुन्छ्र आर्थिकरुपले संम्पन्न राष्ट्रहरु आणबिक भट्टीहरु बाट उर्जाको उत्सर्जन गर्ने कार्यमा उद्दत भएका कारण अहिले विश्वमा भएका आणविक भट्टीहरु मानव सभ्यताका लागि खतरा बनिराखेको अवस्था छ ।

बौद्ध अर्थशास्त्रले भौतिक सुख सुबिधा भन्दा सम्पुर्ण मानवलाई समट्ने समतामुलक सुबिधा र जसले मानव-मानब बिचको असमानताको समुल नष्टगर्ने कुरामा जोड दिएको हुन्छ। पश्चिमा अर्थशास्त्रले भने आर्थिक क्रियाकलाप समानतामा आधारित हुँदा प्रगति नहुने र आर्थिक दौडमा जित्नेले धेरै प्राप्त गर्ने र दौडमा उत्कृष्ट नहुनेले प्राप्त गर्न नसक्ने हुँदा समतामुलक समाजको परिकल्पना गर्न नसक्ने र यो फगत भ्रम मात्र हो भन्ने कुरालाई जोड दिएको हुन्छ ।

आधुनिक र बौद्ध अर्थशास्त्र बीचको अर्को आधारभूत भिन्नता श्रमसँग सम्बन्धित छ। आधुनिक अर्थशास्त्रले श्रमलाई ‘घटक’ को रूपमा सोच्छस उत्पादनमा यसको कम प्रयोगलाई राम्रो मान्दछ। उत्पादन प्रक्रियामा श्रमलाई न्यून पार्ने स्वचालन टेक्नोलोजीलाई बढावा दिने कार्यलाई प्रोत्साहित गर्दछ्र अर्कोतर्फ, बौद्ध अर्थशास्त्रले भने श्रमलाई महत्वपुर्ण घटक को रुपमा मानिन्छ यसले श्रमिकको कार्यक्षमता लाई बढी भन्दा बढी प्रयोग गरि बस्तु र सेवाको उत्पादन गर्नु पर्ने कुरालाई जोड दिन्छ्र श्रमिकको कार्यक्षमतालाई वृद्धि गर्नका लागि प्रशिक्षणको व्यवस्था गरि श्रमिकको क्षमताको बिकास गर्नेकुरामा जोड दिन्छ ।

आधुनिक अर्थशास्त्रका प्रवर्धक ‘आदम स्मिथ’ द्वारा प्रतिपादित अर्थशास्त्रको बाइबलको रुपमा रहेको ‘वेअल्थ आफ नेसन’मा ‘श्रमको बर्गिकरण’ लाई उच्च प्राथमिकता दिएको छ्र जसमा कुनै वस्तुको उत्पादनलाई साना(साना भागमा बर्गिकरण गरि ठुलो परिमाणमा उत्पादनलाई जोड दिएको छ्र जहाँ श्रमिकलाई एउटाकार्यमा मात्रै धेरै घण्टा कार्यगर्दा उ निरर्थक एक घटकको रुपमा राखिएको हुन्छ्र तर बौद्ध अर्थशास्त्रमा भने एउटा व्यक्ति सबलरुपमा शुरु देखि वस्तुको अन्तिम उत्पादनसम्म जोडिने हुँदा श्रमिक एक परिपुरक उत्पादनको मालिक बन्न सक्दछ भन्नेकुरा लाई पुष्टि गरेको छ ।

अहिले बौद्ध अर्थशास्त्रको उदाहरणीय मोडेल भुटानको सरकारबाट अपनाइएको “कुल राष्ट्रिय खुशी” लाई लिन सकिन्छ । पुर्व राजा जिग्मे सिग्मे वान्चुकको पालामा पश्चिमा अर्थशास्त्रले मापन गर्ने “कुल ग्राहस्थ उत्पादन” ले जनतामा खुशी ल्याउन नसक्ने ठहरका साथ बौद्ध गहनतम विचारधारामा आधारित आर्थिक मोडेल प्रयोगमा ल्याएको हो्र यस अर्थव्यवस्था भूटानको संस्कृतिलाई प्रतिनिधित्व गर्दछ जुन जीडीपी द्वारा मात्र अनुमानित पश्चिमी भौतिक विकासको सट्टा बौद्ध आध्यात्मिक मूल्यमा आधारित मानबिय सेवा प्रदान गर्दछ।

जीडीपीको उच्च मूल्यांकनको लागी सालिन्दा बढी पैसा उत्पादन गर्नु आवश्यक पर्दछ, तर यसले स्वस्थ समाज प्रतिबिम्बित गर्दैन, किनकि यसले पुँजीवादी प्रवृत्तिलाई बढावा दिन्छ, जुन औसत नागरिकका लागि लाभदायक हुनपनि सक्छ वा नहुन सक्दछ। यसले गर्दा व्यक्ति व्यक्ति बिचको आर्थिक असमानता लाई बढवा दिन्छ्र धनी देशले अपराध, रोग वा गरीबीको दर न्यून हुनुपर्दछ भन्ने कुरालाई महत्व दिदैन किनकि उनीहरुको त्यससंग लड्ने मेकानिजम तैयार भई सकेको छ। कुल ग्राहस्थ खुशी अर्थव्यवस्था मोडेलले समाजको प्रत्येक सदस्यसँग सम्बन्धित राख्दछ्र जब त्यस देशको आम जनसंख्या स्वस्थ र सुखी छन् भने भविष्यमा एक सुखी र समृद्ध राष्ट्रमा बढोत्तरी हुने प्रचुर सम्भावना बोकेको हुन्छ ।

नेपालमा बौद्ध अर्थशास्त्रले खेल्न सक्ने सम्भावना

नेपाल कृषिमा आधारित अर्थतन्त्र भएको देश हो्र यहाँ ७२ प्रतिशत भन्दा बढी संख्यामा मानिसहरु कृषि कर्म गरि जीवनयापन गरिराखेका छन् । ८० प्रतिशत जनताको ग्रामीणक्षेत्रमा बस्दछन्। हाम्रो कृषिकार्य निर्वाहामुखी छ । अहिले सम्म हामीले आफुलाई आवश्यक पर्ने मात्रामा मात्रै उत्पादन गर्ने कार्य गर्दै आएका कारण कृषि उत्पादनमा उल्लेख्य प्रगति गर्न सकिराखेको छैन्र कृषि क्षेत्रले खाध्यान्न, रोजगार, जीवनको आश्रय प्रदान गर्ने एक प्रमुख क्षेत्र हो्र यद्यपी कृषि क्षेत्रमा सरकारी तबरबाट को लगानी त्यति सन्तोषजनक देखिदैन्र आ.ब २०७२/०७३ देखि २०७६/०७७ सम्मको कृषि बजेट अन्य क्षेत्रको तुलनामा ज्यादै न्युन कुल बजेटको ३ प्रतिशत भन्दा तल हुनुले कृषि क्षेत्रमा सरकारी उदासिनता देखिन्छ ।

आ.ब २०७१/०७२ मा यो बजेट धन्नै ४ प्रतिशतको हाराहारीमा रहेकोमा त्यसपछिका बर्ष हरु कृषि क्षेत्रलाई प्राथमिकतामा राखेता पनि बजेटको आकार घट्नुले उदासिनता रहेको झन् पुष्ट्याई गर्दछ्र त्यति हुदाहुँदै पनि कृषि क्षेत्रले कुल ग्राहस्थ उत्पादनमा ३१.७ प्रतिशत योगदान गरेको पाइन्छ । यसलाई आधुनिक अर्थशास्त्रको आँखा बाट हेर्ने हो भने यो प्रतिशतलाई त्यति उल्लेखनीय नमानिए पनि बौद्ध अर्थशास्त्रको आँखा बाट हेर्दा यस क्षेत्रले सरकारी आकडामा जस्तो देखाएता पनि जसले नेपाली जनताको खाद्ध्य सुरक्षामा पुरयाएको योगदान अतुलनीय छ । किनकि हाम्रो कृषि क्षेत्रको आकडालाई बजारसँग तुलना गरेर हेर्दा सहि मुल्यांकन नआउन सक्दछ्र आकडा गरिएको भन्दा कयौगुणा धेरै समाजमा यसले योगदान गरेको पाइन्छ ।

बुद्धको शिक्षाले यस्तो अर्थव्यवस्थाको परिकल्पना गरेको छ कि जसमा उत्पादन सबै आफ्नै लागि नभई अनन्तको लागि हुनु पर्छ । जसको अर्थ यो हो कि सबै उत्पादकहरूले उत्पादनलाई आफैमा सीमित नराख्नु पृथ्वीमा बस्ने अन्य मानिसहरूका लागि पनि वितरण गरिने खालको हुनुपर्दछ । जुन “बसुदैब कुटुम्बकम” को नीतिमा आधारित छ । बौद्ध शिक्षाले पृथ्वीका सबै मानिसहरुसंग प्रेम, एकता र मेलमिलापको भावनाको विकासलाई जोड दिन्छ, यसमा उसले कति कमायो, उसको प्रतिष्टा के हो र उसको आर्थिक स्थिति कुन बर्गको हो भन्ने कुरालाई महत्व दिदैन्र आधुनिक अर्थशास्त्रले वास्तवमा २० औं शताब्दीको विकासलाई देशको आर्थिक बृद्धि संग जोडेको छ । अहिले नेपाल पनि माथि उल्लेखित कुरा भन्दा आर्थिक अवस्था र त्यसका लागि जुनसुकै कर्म पनि जायज हुन्छ भन्ने कुराले ग्रसित हुनुले हामी आगामी दिनमा कस्तो समाज निर्माण गर्न गई राखेका छौ भन्ने कुरामा एक पटक सोच्नु जरुरि देखिन्छ।

बौद्ध अर्थशास्त्र मुलत समुदायलाई केन्द्र भागमा राखेर उत्पादनलाई जोड दिएको हुन्छ । नेपालमा अर्थतन्त्रको मूल तिन खम्बा मध्ये सहकारी प्रणाली एक हो्र हाम्रो समाजमा आवश्यक हुनु पर्ने कृषिको सबलीकरणका लागि सहकारी को परिचालन अत्यावश्यक छ तर, अहिले सहकारीलाई ऋण र बचतमा सिमित राखिनुले यो आधुनिक अर्थशास्त्रको नाफा कमाउने ले समाज जित्छ भन्ने कुराको पृष्ठपोशक बन्न पुग्नु ज्यादै दुखदायी कुरा हो्र कृषि सहकारीले कृषक र उपभोक्ताको हितमा कार्य गर्ने हुँदा जस द्वारा समुदाय बिचको विश्वासलाई बढावा दिन्छ र सामाजिक मुल्यमा आधारित समुदायहरू निर्माण गर्न मद्दत गर्दछ्र जस द्वारा स्थिर र अहिंसात्मक आधुनिक समाजको निर्माण गर्न सहकारीका मूल्य र मान्यताहरु लाई पुनस् परिभाषित र पुनर्गठन गर्नुपर्ने कुराको वकालत गर्नु पर्छ्र यदि यसकिसिम ले कृषि सहकारी को पुर्नपरिभाषित गर्न सकिएको खण्डमा नेपाल छिट्टै नै आत्मनिर्भरको बाटोमा अगाडी बढ्न सक्दछ ।

केहि बर्ष पहिलासम्म नेपालको काठमाडौं उपत्यका र बाह्य जिल्लामा गुठिको प्रचलन थियो्र जुनकुरा बौद्ध धर्मको परिपालक लिच्छवीकाल देखिनै यस प्रथाको प्रचलन आएको पाउन सकिन्छ्र बिशेषतस् पहाडी क्षेत्रमा प्रचलनमा रहेको पर्म परम्परा पनि सहकारी शिद्धान्त द्वारा निर्देशित थियो्र जुन अहिले विस्तारै विस्तारै यस किसिमको प्रथाको लोप हुने क्रममा रहेको बुझिन सकिन्छ्र अहिलेको अवस्थामा यस्ता किसिमका प्रथा हरुलाई बढावा दिनसकिए हाम्रो कृषि क्षेत्र पुनस्जागृत हुन गई आत्मनिर्भर हुनसक्ने संकेत देखिन्छ।

नेपाल अहिले कोबिड-१९ को चपेटामा परेको अवस्था छ । अर्थतन्त्रलाई त्राण दिइरहेको बैदेशिक रोजगार धरासायी बन्ने अवस्था रहेको छ । हजारौको संख्यामा बैदेशिक रोजगारमा गएका युवाहरु गन्तब्य देशको आर्थिक अवस्था बिग्रन जादा फर्किरहेका छन् र अझ धेरै संख्याको युवाहरु फर्कने आँकलन गरिएको छ । आजसम्म उनीहरु बाट प्राप्त ब्रिपेषण घट्न गईराखेको छ र अझ घट्न जाने अवस्था रहेको कुरालाई नकार्न सकिदैन्र फिर्ता भईरहेका युवालाई रोजगार दिने क्षेत्र भनेकै अहिलेको अवस्थामा कृषि बाहेक अर्को देखिदैन्र रोजगारीको सिर्जना र अर्थतन्त्रपर्न जाने भारलाई कम गर्न अब हामीले कृषिलाई आधुनिकीकरण साथसाथै निर्यातमुखी बनाउनु अहिलेको मुख्य लक्ष हुनु पर्दछ ।

कृषिको निर्यात बढाउन कृषिमा लगानी बढाउनु एक समाधान हो भने अर्को जैविकयुक्त कृषिको उत्पादन जोड दिनु आवश्यक छ । त्यसका लागि पशुपालन र जैविक मलहरु उत्पादन क्षमतामा जोड दिनु पर्नेछ । बिषादी मुक्त कृषि उत्पादन गर्न सकिएको खण्डमा विश्वबजारमा हाम्रो कृषि उत्पादनले पहुँच पुर्याउन सक्दछ । अब हाम्रो बिद्यालय शिक्षादेखिनै यस किसिमका कुराहरुलाई पाठ्यपुस्तकमा समेट्न सकिएको खण्डमा आत्मनिर्भर समाजको यात्रा टाढा छैन्र ।

लेखक खनाल बिकास अर्थशास्त्री हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*