बागमती प्रदेशका सांसद भन्‍छन्- ‘विकासका नाममा जनतालाई सुकुम्बासी बनाउन पाइँदैन’

जनपत्र
४ श्रावण २०७७, आईतवार १९:०९

मकवानपुर — वाग्मती प्रदेश सांसदहरुले विकासका नाममा जनतालाई सुकुम्बासी नबनाउन भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभाको आइतबारको बैठकको विशेष समयमा बोल्ने सांसद्हरुले बुङमति र खोकनाजस्ता ऐतिहासिक भूमि मास्न नहुने, विकासको नाममा असाध्यै कम मुआब्जा दिएर जनतालाई सुकुम्बासी बनाउन नहुनेमा जोड दिएका हुन् ।

सांसद् विजया केसीले उर्वरभूमि र मौलिकता सखाप पारी हुने विकासले कसैको हित नगर्ने बताइन् । ‘बुङमति र खोकनाको आफ्नै इतिहास रहेको छ । विकास गर्ने नाममा असाध्यै कम मुआब्जा दिएर जनतालाई सुकुम्बासी बनाउन पाइँदैन । त्यसकारण अहिले त्यहाँ भइरहेको आन्दोलनकारीहरुको माग पूरा गर्नुको विकल्प छैन’, उनले भनिन् ।

निर्माणाधीन काठमाडौं(तराई द्रुतमार्ग ९फास्ट ट्र्याक० का कारण आफूहरुलाई असर परेको भन्दै ललितपुरका खोकनावासी आन्दोलनमा छन् । सांसद् राजकाजी महर्जनले खोकनावासीका मागहरुबारे बेलैमा प्रदेशको ध्यानाकर्षण हुन जरुरी रहेको औंल्याए । ‘द्रुतमार्गमात्र होइन । बाहिरी चक्रपथ, वाग्मती करिडोर, पेट्रोलियम पाइपलाइन तथा अन्य विकास निर्माणका कारण खोकोनाको १० हजार रोपनी उर्वर जमिन बिग्रिँदैछ । त्यसकारण त्यसतर्फ प्रदेश सरकारको ध्यानाकर्षण हुन जरुरी रहेको छ ।’,

सांसद् राजेन्द्र पाण्डेले प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेटमा घोषणा गरेअनुसार प्रत्येक जिल्लामा प्रदेश सरकारका आयोजनाहरु कार्यान्वयनका लागि प्रदेश समन्वय इकाई स्थापना गर्न माग गरे । उनले प्रदेश सरकारले आवश्यक कार्यविधि बनाएर बजेट कार्यान्वयनका लागि क्यालेण्डर नै निर्माण गरेर अगाडि बढ्न सुझाए ।

सांसद् देवकी श्रेष्ठले प्रदेशका योजना सम्झौता र बजेट फर्छ्योटका लागि हेटौंडा आउजाउमा समस्या भएको भन्दै वैकल्पिक व्यवस्था गर्न आग्रह गरिन् ।

सांसद्हरुले कोरोना भाइरसको कारण विभिन्न क्षेत्रमा पारेको असर, बाढीपहिरोका कारण आ(आफ्नो जिल्लामा भएको क्षति लगायत विषयमा धारणा राखेका थिए ।

‘पशुपतिनाथको नाममा बस्ती खाली हुन लाग्यो’

सांसद् नरोत्तम वैद्यले पशुपतिनाथको नाममा बस्ती खाली हुने अवस्था आएको भन्दै प्रदेशसभा बैठकमा चिन्ता व्यक्त गरेका छन् । उक्त क्षेत्रबाट निर्वाचित सांसद् वैद्यले पशुपति क्षेत्र विकास कोषले गुरुयोजनाको नाममा मानव बस्ती खाली गर्ने गरी अवधारण ल्याएको भन्दै चिन्ता व्यक्त गरेका हुन् । सांसद् वैद्यले भने, ‘पशुपति क्षेत्रमा महादेव र मूर्तिहरुमात्र हुने तर, बस्ती नहुने । जुन स्थानमा भगवान छन् । त्यहाँ भक्त भएन भने के काम रु यो खेदपूर्ण रहेको छ । यस विषयमा प्रदेश सरकारको ध्यानाकर्षण हुन जरुरी छ ।’ इकान्तिपुरका लागि सुवास विडारीले लेखेको समाचार हामिले साभार गरेका हौं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*