कोरोना महामारी : विश्वभर संक्रमितको संख्या १ करोड ४२ लाख

जनपत्र
४ श्रावण २०७७, आईतवार ०७:२७

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ४२ लाख पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार विश्वभर संक्रमितको संख्या १ करोड ४२ लाख १० हजार ४० पुगेको हो।

सबैभन्दा बढी अमेरिकामा संक्रमितको संख्या ३६ लाख ९८ हजार २ सय ९ पुगेको छ भने ब्राजिलमा २० लाख ७४ हजार ८ सय ६०, भारतमा १० लाख ३८ हजार ७ सय १६, रुसमा ७ लाख ६४ हजार २ सय १५ र दक्षिण अफ्रिकामा ३ लाख ५० हजार ८ सय ७९ जना संक्रमित भएका छन्।

यस्तै, पेरुमा ३ लाख ४९ हजार ५ सय, मेक्सिकोमा ३ लाख ३१ हजार २ सय ९८ र बेलायतमा २ लाख ९५ हजार ६ सय ३१ संक्रमित भएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*