बिचारः भानुभक्तको सम्झना

रुविआ पराजुली
२९ असार २०७७, सोमबार ०६:४६

भानुभक्त आचार्य नेपालका आदिकविको रुपमा चिनिन्छन् । उनले धेरै कविताहरु विभिन्न छन्दमा लेखेका छन् । उनलाई दुस्ख सुख खुशी या उमङ्ग जस्ता कुनै भाव आयो वा केही कुरा देखे भने उनले कविता लेखीहाल्थे । त्यसैले उनलाई आदिकवि पनि भनिन्छ ।उनको पिताको नाम धनञ्जय आचार्य र आमाको नाम धर्मावती देवी हो । उनको जन्म वि।सं। १८७१ असार २९ गते भएको थियो र वि।सं। १९२५ असोज ६ गते मृत्यु भएको थियो ।

उनले बाल्मिकीले संस्कृतमा लेखेको रामायण भन्ने लामो कथालाई नेपालीमा अनुवाद गरेर लेखेका थिए ।घाँसीले कुवा बनाएको देखेर, छिमेकी घरमा सासु बुहारीको झगडा भएको देखेर, साथीसँगको याद समेटेर कविताहरु लेखेका छन् ।केही कुरा देखे भने कविता लेखीहाल्ने उनको बानी थियो । केही लेख्न मन लाग्यो भने उनी कुनै शीर्षकबाट नभइ कुनै भावद्वारा लेख्ने गर्थे ।

पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण गरी सिङ्गो बनाए जस्तै आदिकवि भानुभक्त आचार्यले धेरै भाषाहरु भएको हाम्रो देशमा नेपाली भाषाको पहिचान अगाडी बढाए ।गुरुले संस्कृतमा पढाउँदा पनि उनले तुरुन्तै नेपालीमा अनुवाद गरी लेखीहाल्थे ।पहिला धेरै मानिसहरु आफ्नै भाषा प्रयोग गर्थे उनीहरुलाई पनि हाम्रो भाषा नेपाली हो भनेर लेख्न बोल्न प्रेरणा दिन्थे ।

कसैले पनि आँफैले मात्र आँफैलाई प्रशंसा गरेर पुग्दैन ।व्यक्ति प्रख्यात हुनको लागि अरुले राम्रो मान्नुपर्दछ ।भानुभक्तलाई प्रख्यात बनाउने मुख्य भूमिका मोतिराम भट्टले खेलेका थिए । उनले नै भानुभक्तको प्रशंसा गर्दै हिँडेपछि भानुभक्तको कला सबैलाई थाहा हुन थाल्यो ।यसैकारण हामी नेपाली सँधैभरी यी महान साहित्यकार आदिकवि भानुभक्त आचार्यलाई सम्झिरहन सकेका छौं । भानुजयन्तीको सबैलाई शुभकामना ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*