कविताः मेरी प्यारी दिदी

रुवस पराजुली
२७ असार २०७७, शनिबार १७:०६

मलाई माया गर्ने मेरी प्यारी दिदी ठूली
सँधै हामी रमाउँछौ दुवै मिलीजुली ।

दिदी भएपनि वहाँ हो मेरो साथी
प्यारी दिदी बोल्नुहुन्न केही कुरा ढाँटी ।

दिदी अनुशासित र हुनुहुन्छ राम्रो
कहिल्यै पनि दिदी बोल्नुहुन्न नराम्रो ।

दिदीको म एकमात्र बहिनी हो प्यारी
हेर्दा पनि मलाइ लाग्छ वहाँ निकै राम्री ।

कहिलेकाँही त रिसाउने गर्नुहुन्छ दिदी
तर किन परिवारको सबैभन्दा प्यारी ।

जेठी छोरी वहाँ परिवारमा हाम्रो
नरिसाउँदा दिदी हजुर हुनुहुन्छ है राम्रो ।

रुवस पराजुली
कक्षा २
जी एस निकेतन मावि हेटौंडा, मकवानपुर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*