भारतीय मिडियाले प्रधानमन्त्रीको अपमान गरे, नेपालमा नहेरौं – गगन थापा

जनपत्र
२६ असार २०७७, शुक्रबार ०६:११

नेपाली काँग्रेसका युवा नेता तथा सांसद गगन थापाले भारतीय सञ्चार माध्यममा प्रधानमन्त्रीलाई जोडेर प्रसारित विषयवस्तुले हामी सबैको अपमान गरेको बताएका छन् ।

भारतीय टिभी च्यानलमा नेपाल र प्रधानमन्त्री केपी शर्माविरुद्ध आपत्तिजनक समाचारहरु प्रकाशित भइरहेका छन् । यसैबीच भारतीय टिभी जी न्यूजले प्रधानमन्त्री ओलीलाई चिनियाँ राजदुत होउ यान्छीले ुहनीट्रयापु मा पारेर भारत विरोधी बनाएको रिपोर्ट बुधबार प्रशारण गरेको थियो । अहिले आमस्तरमा जीन्यूजको सो रिपोर्टविरुद्ध सामाजिक संजाल र मिडियामा कडा आलोचना भइरहेको बेला नेता गगनको यस्तो टिप्पणी आएको हो ।

गगनले नेकपाको विवादमा चीनियाँ राजदूतको अशोभनीय संलग्नता आपत्तिजनक छ, प्रश्न गरौँ भन्दै तर यस सन्दर्भमा केही भारतीय सञ्चार माध्यममा प्रधानमन्त्रीलाई जोडेर प्रसारित विषयवस्तुले हामी सबैको अपमान गरेको बताएका हुन् ।
उनले त्यस्ता गोदी मिडिया नेपालमा नहेर्ने मात्र हैन अबदेखि तिनका कार्यक्रममा भाग पनि नलिउन अपिल गरेका छन् ।

नेकपाको विवादमा चीनियाँ राजदूतको अशोभनीय संलग्नता आपत्तिजनक छ, प्रश्न गरौँ । तर यो सन्दर्भमा केही भारतीय सञ्चार माध्यममा प्रधानमन्त्रीज्यूलाई जोडेर प्रसारित विषयवस्तुले हामी सबैको अपमान गरेको छ । त्यस्ता गोदी मिडिया नेपालमा नहेर्ने मात्र हैन अबदेखि तिनका कार्यक्रममा भाग पनि नलिउँ ।

नेकपाको विवादमा चीनियाँ राजदूतको अशोभनीय संलग्नता आपत्तिजनक छ,प्रश्न गरौँ।तर यो सन्दर्भमा केही भारतीय सञ्चार माध्यममा…

Gepostet von Gagan Thapa am Donnerstag, 9. Juli 2020

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*