यी मन्त्रीलाई हटाउने ओलीको तयारी, असन्तुष्टहरुको गोजीमै राजीनामापत्र

जनपत्र
२१ असार २०७७, आईतवार ०७:४२

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो साँझ बालुवाटारमा बोलाएर मन्त्रीहरुलाई कता लाग्ने हो स्पष्ट हुन भनेपछि उनीइतर समुहका मन्त्रीहरु राजीनामा दिने तयारीमा छन् । ओलीले आफ्ना विरोधी समुहका मन्त्रीहरुलाई हटाउने तयारी गरेको विश्वस्त स्रोतले बताएको छ । प्रचण्ड समुहका मन्त्रीहरु हिजो खुमलटार पुगी ब्रिफिङ गरेपछि हटाउनु अगावै ती मन्त्रीहरुको राजीनामाको सम्भावना बढेको हो ।

ओलीले कुन कित्ताकाट रहने तयार भएर मात्र अबको बैठकमा आउन भनेपछि प्रचण्ड र माधव नेपाल समुहका मन्त्रीहरु राजीनामा दिन ठिक्क परेका हुन् । ओलीको विपक्षमा रहेको समुहबाट गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, ऊर्जामन्त्री वर्षमान पुन, आपूर्तिमन्त्री लेखराज भट्ट, पर्यटनमन्त्री योगेश भट्टराई, कृषिमन्त्री घनश्याम भुषाल, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री विना मगर मन्त्री छन् । तर, भट्ट ओली पक्षमा देखिएका छन् भने भट्टराई तटस्थ बन्दै आएका छन् ।

भोलि तय गरिएको स्थायी कमिटी बैठक अगावै ओलीले कडा कदम चाल्ने बताइसकेका छन् । उनले क्रमशः कदम चाल्दै जाने समेत बताएका थिए । यसलाई उनले मन्त्री हटाउने,संकटकाल लगाउन कदम चाल्ने देखि क्याबिनेटबाट अध्यादेश ल्याएर पार्टी विभाजनसम्म गर्ने तयारीका रुपमा बुझेका छन् । यसका लागि उनले पटक पटक राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरिसकेका छन् ।

ओलीको तयारीलगत्तै खुमलटारमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमसहितका नेताहरुले छलफल गरी रणनीति तयार गरेका थिए । उनीहरुले उत्पन्न परिस्थितिको सामना गरी बढ्ने निष्कर्ष निकालेका थिए । स्थायी कमिटीको निर्णयबाटै विधिसम्मत तरिकाले बढ्ने उक्त समुहको तयारी छ । रिपोर्टर्स नेपालबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*