कोरोना अपडेट भारतः मृत्यु हुनेको संख्या १२ हजार २ सय बढि, संक्रमितको संख्या ३ लाख ६७ हजार नाघ्यो
विश्वभर आतंक मच्चाई रहेको कोभिड १९ अर्थात कोरोनाभाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या १२ हजार २ सय बढि र संक्रमितको संख्या ३ लाख ६७ हजार नाघेको छ ।
वल्डो मिटरको बिहिबार बिहान ७ः०० बजेको तथ्यांक अनुसार भारतमा मृत्यु हुनेको संख्या १२ हजार २ सय ६२ जनाको मृत्यु भएको छ भने भारतामा संक्रमितको संख्या ३ लाख ६७ हजार २ सय ६४ जना पुगेको छ । त्यसैगरि १ लाख ९४ हजार ४ सय ३८ जना निको भएका छन् ।






